नेपाललाई आतंकवादीको अखडा देखाउने बलिउड फिल्मले कसरी पर्यटन प्रवद्र्धन गर्छ ?

4 July, 2019 16:38 |बिचार | comments | 64350 Views

    –  प्रदिप विवश भण्डारी –

    भारतीय चलचित्रको विश्वव्यापी बजार छ र यो मार्फत नेपालको पर्यटन प्रबद्र्धन गर्न सकिन्छ भन्ने सरकारमा बस्नेहरुको दावी छ । तर के नेपाललाई आतंकवादीको अखाडा, नेपाली अधिकारीहरु पाकिस्तानी दूताबासबाट परिचालित भएर आतंकवादीको संरक्षणमा लागेका मनगडन्ते कुरा बुनेका चलचित्रले दावी गरिए जस्तै प्रचार कुनै हालतमा हुँदैन, यसले नकारात्मक सन्देश जान्छ ।

    adsads

    भारतको शासकवर्गदेखि कर्मचारी र चलचित्रकर्मी समेत अधिकांशतः नेपालप्रति नकारात्मक दृष्टि राखेर व्यवहार गर्छन् । नेपालमा संविधान जारी भएपछि लगाइएको नाकाबन्दी त कसैले बिर्सने कुरा भएन ।

    यिनै सेरोफेरोमा केही दिन अगाडिसम्म इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्ड नेपालमा हुने लगभग पक्का पक्की नै थियो । उक्त अवार्ड नेपालमा हुनु नेपालीका लागि गर्वको कुरा हो तर सो अवार्डको लागि लाग्ने सम्पूर्ण लागत खर्च नेपाल सरकारले नै व्यहोर्नु पर्ने कुरा सरासर गलत नै हो । आयोजकले के हैसियतमा सबै खर्च नेपाललाई व्यहोर्न सहमत गरायो रु यो ठूलो विषय हो ।

    नेपाली कलाकारका लागि कुनै राम्रो कार्यक्रम गर्नका लागि एउटा राम्रो हलको व्यवस्था गर्न नसकेको सरकारले आईफा अवार्डका लागि अरबौँ रुपैयाँ खर्च गर्ने सोच्न नै गलत हो । तर नेपालीका आँखामा सरकारले छारो हाल्दै खर्च सरकारले व्यहोर्ने हैन भनिरह्यो तर कागजातले अर्कै कुरा बोल्थ्यो । व्यापक बिरोधपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले आईफा अवार्ड गरिनु नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि नै प्रश्न उठ्ने भन्दै अवार्ड रोक्न निर्देशन दियो । सरकारले त्यसै गर्यो ।

    यो अवार्ड यहाँ हुनु त नेपाली जनताका लागि खुशी र फाईदाकै कुरा थियो । यसका लागि त सरकारले आईफा अवार्ड नेपालमै गर्ने तर यस अवार्डका लागि लाग्ने लागत सम्बन्धित संस्थाले व्यहोर्ने र नेपालले लाभका आधारमा कर उठाउने वा अन्य विधि अपनाउन सक्थ्यो तर कार्यक्रम नै नगर्ने निर्णय भएपछि अब यसमा बहस गर्नु आवश्यक छैन ।

    यहाँ कुरा भारतीय चलचित्रमार्फत नेपालको प्रचार प्रसारको डंका पिट्नेहरुको हो र भारतीय चलचित्रले नेपाललाई हेर्ने दृष्टिकोणको हो । भारतीय चलचित्रमार्फत नेपालको पर्यटन प्रबद्र्धन हुने दावी गर्दैआएकालाई अर्जुन कपुर अभिनित बलिउड फिल्म ‘इन्डियाज मस्ट वान्टेड’ हेर्न सुझाव छ, यो फिल्मबाट नेपालको कस्तो प्रचार भैरहेको छ भनेर । यो फिल्ममा भारतीय गुप्तचर निकाय ‘रअ’ भारतमा शृंखलाबद्ध बम विस्फोट गराउने आतंकवादीको खोजीमा छ । तिनै आतंकवादीमध्येका नाइके पोखरामा लुकेको थाहा पाएपछि अर्जुन कपुरसहित ‘रअ’ एजेन्टहरू आफ्नो परिचय बदलेर यहाँ आउँछन् र, हाम्रो प्रहरी–प्रशासनको नाकैमुनिबाट ती आतंकवादीलाई पक्राउ गरी वीरगन्ज ढोकाबाट रक्सौल छिराउँछन् ।

    ती आतंकवादीलाई दिल्ली लैजान वीरगन्ज सीमामा भारतीय सुरक्षाफौज हेलिकप्टरसहित आएको फिल्ममा देखाइएको छ । यो फिल्ममा नेपाललाई जसरी प्रस्तुत गरेको छ यसले नेपाल आतंकवादीको अखाडा देखाइएको छ । यसले नेपालको कस्तो प्रचार हुन्छ ?

    यो फिल्मको सबभन्दा आपत्तिजनक दृश्य वीरगन्ज भन्सार कार्यालयसँग जोडिएको छ । अर्जुन कपुरहरूको नेपाल प्रवेशपछि वीरगन्ज भन्सारका एक अधिकारीले पाकिस्तानी दूतावासलाई सूचना दिँदै भन्छन्, ‘मैले आफ्नो करिअरमा यसरी चार–पाँच जना केटाहरू दुईवटा अवस्थामा मात्र नेपाल आएको देखेको छु । या त ती अपराधी हुन्छन्, या एजेन्ट ।’

    यति भनेर उनले पाकिस्तानी दूतावासलाई अर्जुन कपुरहरूको गाडी नम्बर टिपाइदिन्छन् र बदलामा पैसा लिन्छन् । यो दृश्यले नेपालका सरकारी कर्मचारीहरू समेत पाकिस्तानी दूतावासबाट परिचालित भएको खुलेआम देखाउँछ ।

    नेपालमा विदेशी फिल्म सुटिङ गर्न चलचित्र विकास बोर्डबाट स्क्रिप्ट पारित गराउनुपर्छ कि पर्दैन ? गराउनुपर्ने हो भने यो फिल्मले यहाँ सुटिङ अनुमति कसरी पायो होला ?

    काठमाडौं र पोखरासहित देशका विभिन्न भागमा सुटिङ गरिएको यो फिल्ममा नेपालभरि आतंकवादी सञ्जाल फैलिएको देखाइएको छ । जब अर्जुन कपुर र उनका साथी ती आतंकवादीलाई खोज्न यहाँ आउँछन्, फिल्ममा देखाइने प्रत्येक नेपालीले उनको काममा भाँजो हाल्छ । यहाँसम्म कि, अर्जुन कपुर कहाँ बसेका छन् भन्ने पत्ता लगाउन पाकिस्तानी दूतावासले नेपालीहरूको एउटा ठूलो समूह परिचालन गरेको देखाइएको छ । यसमा नेपाल प्रहरी समेत अर्जुन कपुरको पछाडि लागेको देखाइएको छ ।

    पछि उनी लुकेको ठाउँ थाहा पाएपछि पाकिस्तान दूतावासबाट हतियारधारी गुन्डाहरू परिचालित हुन्छन्, जो ती आतंकवादीलाई बचाउन भरपुर प्रयास गर्छन् ।

    नेपालप्रति विषवमन गरिएका दर्जनौं भारतीय चलचित्र छन् र कतिपयको बिरोध भएको छ । ती चलचित्रको प्रदर्शनपछि यहाँ आन्दोलन नै भएको छ । अझ कतिपय भारतय कलाकारहरु काठमाडौं आएर नेपाललाई भारतको एक प्रान्त हो समेत भन्न भ्याएका छन् । के यस्ता कलाकारबाट नेपालको प्रबद्र्धन हुन्छ ?

    ट्रेलर हेर्नुहोस्ः

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    ‘पर्यटन बोर्ड र वायुसेवा निगमको सम्बन्ध सुधार हुनुपर्छ’

    फेसबुक

    ‘पर्यटन बोर्ड र वायुसेवा निगमको सम्बन्ध सुधार हुनुपर्छ’

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!