नेपाललाई प्याराग्लाइडिङमा रजत पदक, २७ स्कोरले स्वर्ण जित्नबाट चुक्यो

29 August, 2018 20:52 |खेल | comments | 25500 Views

    इण्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदमा पदकविहीन यात्राको दिशातिर लम्केको नेपाललाई प्याराग्लाइडिङले रजतपदक दिलाएको । त्यसो त नेपाल यो खलमा स्वर्णको नजिक थियो ।

    adsads

    अंक गणनामा नृपाल २७ अंकले पछि परेको हुँदा रजतमै चित्त बुझाउनुपर्यो । प्रतियोगिताको १२ औं दिनसम्म पदकका आशा गरिएका खेलहरुमा निराश प्रदर्शनलाई प्याराग्लाइडिङले बिराम लगाएको हो ।

    यो प्रतियोगितामा जापान पहिलो भयो । पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा मंगलबार दोस्रो चरणको खेल सकिएसँगै नै नेपालले कम्तिमा पदक जित्ने लगभग पक्का भइसकेको थियो ।

    नेपालले बुधबारको खेलमा २७ सय ९७ स्कोर बटुलेको थियो । पहिलो चार दिन शीर्षस्थानमा रहेको जापानले अन्तिम दिन २ हजार ५७ स्कोर मात्रै बनाउन सक्यो । जापानले कुल ११ हजार ३ सय ९१ र नेपालले ११ हजार ३ सय ६४ स्कोर गर्दै क्रमशः स्वर्ण र रजत पदक जिते ।

    बुधबार पाँचौं तथा अन्तिम चरणको खेलमा नेपालले जापानको अग्रतालाई चुनौती दिन नसके पनि आफ्नो गतिलाई कायमै राख्दै पदक निश्चित गरेको हो ।

    नेपाललाई नियमीत जस्तो पदक दिलाउदै आएका तेक्वान्दो, कँराते र बक्सिङ खेलहरू असफल भइरहेको अवस्थामा नेपाल धेरैपछि एसियाली खेलकुदको पदक तालिकामा शुन्य हुने स्थितिमा पुगेको थियो ।

    एसियाली खेलकुदमा नेपालको यो दोस्रो सबैभन्दा ठुलो पदक हो । सन् १९९८ को बैंकक एसियाली खेलकुदमा पनि तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन् ।

    नेपाली टोलीमा विजय गौतम, विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ र विमल थापा प्रतिस्पर्धा गरेका थिए। एसियाडमा पाराग्लाइडिङ पहिलोपल्ट समावेश खेल हो ।

    पाराग्लाइडिङ जारी एसियाडमा पदकको सम्भावना भएपछि आयोजकले इन्डोनेसियाले समावेश गरेको खेल हो। एक्युरेसी इभेन्टको पुरुष टिम इभेन्टमा इन्डोनेसियाले स्वर्ण जितिसकेको छ। एक्ययुरेसीकै पुरुष एकलमा पनि इन्डोनेसियाका जाफ्रो मेगावान्टोले स्वर्ण हात पारे । महिलातर्फ एक्युरेसी टिम इभेन्टमा घरेलु टोलीले रजत जित्दा एकलमा स्थानिय खेलाडी रिका विजायन्ती कांस्यमा सिमित भइन्।

    क्रस कन्ट्री टिम इभेन्टमा भने इन्डोनेसियाको पुरुष टोली चौथो र महिला टोली तेस्रो स्थानमा छन्। एक्युरेसी इभेन्टमा नेपालले कुनै पदक हात पारेन । सन् २०१९ मा नेपालमा हुने भनिएको दक्षिण एसियाली खेलकुद ९साग० मा पनि प्याराग्लाइडिङ समावेश गरिएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!