नेपाललाई माया गर्ने बेलायती अभिनेत्री लुम्ले पर्यटन सद्भावना दूत

8 November, 2019 17:02 |कर्पोरेट/पर्यटन | comments | 2850 Views

    नेपाल र नेपालीलाई अत्यन्त माया गर्ने बेलायती अभिनेत्री तथा लेखक जोआन्ना लुम्ललाई नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त गरिएको छ । बिहीबार बेलायतको संसद भवनमा आयोजित एक समारोहमा बेलायत भ्रमणमा रहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सद्भावना दूत नियुक्त गर्नुभएको हो ।

    adsads

    बेलायतस्थित नेपाली दूतावासले बेलायतको हाउस अफ लर्डस ९माथिल्लो सदन०मा आयोजित सो समारोहमा नेपाल भ्रमण वर्ष सफल बनाउन चर्चित तथा महत्वपूर्ण व्यक्तिहरुलाई सद्भावना दूत नियुक्त गरिएको जनाएको छ । सो अवसरमा बेलायतका सांसद भारतीय मूलका राजनीतिक सन्दिपकुमार बर्मा र बेलायतकै धनाड्य ब्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई पनि नेपाल भ्रमण वर्ष २०२० को अभियान सफल पार्न सद्भावना दूत नियुक्त गरिएको छ ।

    कार्यक्रममा लण्डनस्थित नेपाली दूतावासमा आयोजत कार्यक्रममा १४ पटक सगरमाथा आरोहण गरिसकेका चर्चित बेलायती पर्वतारोही केन्टन कुलले जीवनमा एकपटक नेपाल भ्रमण गर्नैपर्ने बताए । उनले हिमालले भन्दा पनि आफूलाई नेपाली जनताले प्रभावित पारेको अनुभव सुनाउँदै बेलायतमा समुदायको महत्व कम हुँदै गएको भन्दै उनले नेपालबाट समुदायमा कसरी मिलेर बस्ने भन्ने सिक्न सकिने बताउनुभयो ।

    बेलायतमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार समेत प्रभावकारी बनाइएको छ । त्यहाँका शहरमा चल्ने आइकोनिक रातो रंगका बसहरुमा नेपाल प्रवर्द्धन सामग्री राखेर प्रचार तीब्र पारिएको छ । यस्तो प्रचार गत सोमबार ४ नोभेम्बरदेखि सुरु भएर ३ सातासम्म जारी राखिने छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!