नेपालले जित्यो एकदिवसीय शृङखला, कप्तान खड्काले हाने शतक

28 January, 2019 22:18 | खेल | comments | 17550 Views

नेपालले एक दिवसीय मान्यता पाएपछिको ऐतिहासिक विजय हाँसिल गरेको छ । यूएईबिरुद्धको तीन एक दिवसीय शृङखलामा लगातार दुई जित हात पार्दै नेपालले ऐतिहासिक सफलता हात पारेको हो ।

adsads

सोमबार यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याचमा कप्तान पारस खड्काको कप्तानी इनिङसँगै नेपालले ३२ बल बाँकी छँदै ४ विकेटले नतिजा आफ्नो पक्षमा पार्यो ।

यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । कप्तान खड्काले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । छैटौं विकेटको रुपमा आउट हुनुपूर्व उनले ११५ रन बनाए । उनले १०९ बलमा १५ चौका र एक छक्का प्रहार गरे ।

गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो । यसअघि नेपाल नेदरल्याण्डसंगको दुई शृङखला बराबरीमा सकेको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

फेसबुक

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!