नेपालले टि–ट्वान्टी क्रिकेट खेल्ने

10 August, 2019 11:40 | खेल | comments | 13500 Views

नेपालले ओमानमा पाँच राष्ट्र सम्मिलित टि–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । ओमान क्रिकेट सङ्घले आगामी असोज १८ देखि २३ गतेसम्म सञ्चालनगर्ने उक्त प्रतियोगितामा नेपालसँगै आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र आयरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।

adsads

नेपालले असोज १९ गते हङकङसँग पहिलो खेल खेल्नेछ । यस्तै असोज २० गते नेदरल्याण्डसँग, असोज २२ गते आयरल्याण्डसँग तथा असोज २३ गते आयोजक ओमानसँग खेल्नेछ । उक्त प्रतियोगितालाई विश्वकप छनोटको अभ्यास खेलका रूपमा हेरिएको छ । ओमान क्रिकेट सङ्घले पहिले नै आयोजना गर्ने भनेर तय गरे पनि नेपालले विश्वकप छनोटको यात्रा तय गर्न नसकेपछि खेल्ने की नखेल्ने भन्ने अन्योलता थियो ।

आइसीसीले उक्त प्रतियोगिता खेल्न अनुमति दिएपछि नेपालले खेल्ने पक्का भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) आइसीसीको निलम्बनमा परेको छ । नेपालले अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउने सबै प्रतियोगिता आइसीसीको रेखदेखमा हुँदै आएका छन् ।

आईसिसी टी २० वरियतामा पारसले पछिपारे धोनी र गेललाई

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अर्थमन्त्री डा युवराज खतिवडा

फेसबुक

अर्थमन्त्री डा युवराज खतिवडा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!