नेपालीको मोटरबोटमा भेटियो शव : प्रहरीद्वारा मालिकसंग सोधपुछ

17 September, 2019 19:05 |जापान | comments | 13800 Views

    चिवा प्रान्तको चोशी मारिनामा एक नेपालीको स्वामित्वमा रहेको मोटरबोटमा एउटा शव भेटिएको छ । उक्त शव कसको भन्ने खुलिनसके पनि यस विषयमा प्रहरीले मोटरबोटका मालिक नेपालीसंग सोधपुछ गरिरहेको समाचार छ ।

    adsads

    उक्त शव चोशी शहरको चोशी मारिनामा निलो कपडाले बेरिएको अवस्थामा मोटरबोटमा फेला परेको थियो । सो मोटरबोट लगभग दुई वर्षदेखि त्यसका मालिकको सम्पर्कमा नरहेको र बोट लंगरमा रहेको थियो ।

    अनुसन्धानका क्रममा सो मोटरबोटका मालिक एक नेपाली रहेको पत्ता लागेको थियो र उनलाई इमिग्रेसन ब्युरोले एक महिनादेखि अवैध रुपमा जापानमा बस्दै आएको आरोपमा पक्राउ गरेको थियो । प्रहरीले मोटरबोटका मालिकलाई उक्त घटनाको बारेमा जानकारी हुनसक्ने अनुमान गरेको छ ।

    प्रहरीले अनुसन्धानपछि उक्त घटना के र कसरी घटेको तथा कसको शव रहेको भन्ने विषयमा छिट्टै पहिचान हुने बताएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!