नेपालीको स्वाभिमानमा खेलवाड नगर्न मोदीलाई डा. गोविन्द केसीको पत्र (भिडियो)

13 November, 2019 18:57 |जन सरोकार | comments | 4950 Views

    राष्ट्रिय भौगोलिक अखण्डतामाथि छिमेकी भारतले धावा बोलेपछि डडेल्ध्रामा सत्याग्रहमा रहनुभएका डा. गोविन्द केसीले सत्याग्रह त्याग्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मर्मस्पर्शी चिठी लेख्नुभएको छ । उहाँले लेख्नुभएको चिठी मंगलबार काठमाडौंस्थित भारतीय दूताबासमा बुझाइएको छ ।

    adsads

    कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नक्सामा पारेपछि डाक्टर केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेख्दै नेपालीको सेवाभाव र सहनशिलताको ख्याल गर्न आव्हान गर्नुभएको छ । उहाँले २००१ मा गुजरातमा गएको भूकम्प र २०१३ मा केदारनाथको बाढीमा परेकाहरुको आफूले उपचार गरेको स्मरण गराउँदै मानवताको ख्याल गर्न समेत आव्हान गर्नुभएको छ ।

    उहाँलेलेख्नुभएको छ- “सन् २००१ को भूकम्पपछि मैले यहाँको गृहराज्य गुजरातको भुजमा घाइतेहरुको सेवा गर्ने मौका पाएको थिएँ । त्यस्तै सन् २०१३ मा उत्तराखण्डमा भीषण बाढी आउँदा केदारनाथमा फसेका तीर्थयात्रीको सेवा गर्ने मौका पनि मैले पाएको थिएँ । त्यस क्रममा मेरो आफ्नै ज्यान मुस्किलले बचेको थियो । जुनसुकै देश र राष्ट्रियताका मानिस भए पनि उनीहरुको पीडा एकै किसिमको हुन्छ र मानवीय सेवा गर्दा मिल्ने सन्तुष्टि पनि एउटै हुन्छ भन्ने मैले महसुस गरेको छु ।”

    बाँकी यो भिडियोमा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More