नेपालीले पाउने भए मौरिससमा रोजगारी- तलब स्थानीयकै जति

6 June, 2019 14:02 | प्रबास | comments | 32100 Views

आफूखुसी श्रमका लागि मौरिसस पुग्ने नेपालीहरु अब वैधानिक किसिमबाट श्रम सम्झौतामार्फत राम्रो तलब सुविधासहित त्यहाँ जान पाउने भएका छन् । यसअघि थोरै संख्याका नेपाली रोजगारीका लागि त्यहाँ जाने गरेका थिए ।

adsads

नेपालीलाई पनि त्यहाँका नागरिकले पाएसरह तलब दिने समझदारीमा सहमति भएको सम्बद्ध अधिकारीले बताएका छन् । तथ्यांक अनुसार गत वर्ष २ सय १९ नेपाली कामदार रोजगारीका लागि त्यहाँ पुगे पनि श्रम सम्झौता भने हुन सकेको थिएन ।

आकर्षक गन्तव्य बन्दैगएको मौरिसससंग श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत वर्षबाटै श्रम सम्झौताका विषयमा छलफल थालेको र अब यसको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपालले पछिल्लो समय श्रम सम्झौताका लागि अन्य देशसँग गरेको सहमतिजस्तै सुविधा मौरिसस जाने नेपालीले पनि पाउने मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

त्यस्तै नेपाली कामदारले अप्ठेरो पर्दा निःशुल्क कानुनी उपचार पनि पाउनेछन् । मौरिसस काम गर्ने वातावरण राम्रो भएको देशमा पर्छ ।

समाचार अनुसार नेपाल र मौरिससबीच भएका पटक–पटकको छलफल र श्रम समझदारी मस्यौदामा भएको सहमतिपछि श्रम सम्झौता हुने भएको छ । श्रम समझदारी मस्यौदामा सहमति भएसँगै दुवै देशले मन्त्रिपरिषदबाट स्वीकृति लिने र सम्बद्ध मन्त्रीले हस्ताक्षर गर्ने मिति टुङ्गो लगाउने भएका छन् ।

रोजगारीको आकर्षक गन्तव्य भए पनि अब त्यहाँ जान कुनै शुल्क नलाग्ने श्रम मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । मन्त्रालयले अब बस्ने मन्त्रिपरिषद बैठकमा श्रम सम्झौताका लागि प्रस्ताव लैजाने तयारी गरेको छ । मौरिससले पनि मन्त्रिपरिषदबाट स्वीकृति लिने र श्रम सम्झौताको मिति टुङ्गो लगाउने जानकारी गराएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!