नेपाली अध्येता डा. दासबाट कोरोनाविरुद्ध खोप तयार गरेको दावी : परीक्षण माग

31 May, 2020 16:56 | सूचना/प्रविधि | comments | 79350 Views

विश्वमा कोरोना भाइरस संक्रमण फैलदै गएपछि स्यानिटाइजरको अभाव हुँदा हर्बल सेनिटाइजर बनाउनुभएका प्रा डा ललितकुमार दासले कोरोरा भाइरसविरुद्धको खोप तयार गरेको बताउँदै त्यसको परीक्षणको माग गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका प्रा.डा. दासले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गर्नुभएको छ । वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष समेत रहनुभएका डा दासले सीमित स्रोतसाधन भए पनि अत्यन्त सूक्ष्मतापूर्व अध्ययन अनुसन्धानबाट खोप पूर्णरुपमा तयार भएको जिकिर गर्दै यसलाई परीक्षण प्रक्रियामा लगिने जानकारी दिनुभयो ।

  

वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा बिएचडी गर्नुभएका डा दासका अनुसार उक्त औषधि विभिन्न स्वास्थ्यबद्र्धक जडिबुटीबाट निर्माण गरिएको हो । केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इञ्जिमेटिक एक्सन भएको वनस्पति लिएर कोरोना भाइरसविरुद्धको खोप अनुसन्धान गरिएको हो ।

एक हप्ता अगाडि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उक्त प्रयोगशालाको निरीक्षण गर्दै खोप निर्माण हुनेबित्तिकै परीक्षण गराइने आश्वासन दिनुभएको थियो ।

‘कोरोना भ्याक्सिन’को गुणस्तर र प्रयोगका लागि पहल गर्न सो कलेजका प्रमुख विजय यादवले सबैसँग आग्रह गर्नुभयो । कलेजका प्रा दामोदर गैरेले पनि डा दासले रोग नियन्त्रणमा कोरोनाविरुद्ध खोप सहयोगी हुने विचार व्यक्त गर्नुभयो । यसको छिटो परीक्षण गर्नुपर्ने समेत उहाँको आग्रह छ । सङ्घीय सरकार एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप अनुसन्धानप्रति ध्यान दिनुपर्ने माग बुद्धिजीवी कृष्ण पाण्डेले गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More