नेपाली एयरलाइन्सलाई अनुमति नदिएको चीन आफू भने उडान संख्या थप्ने लविङमा

13 June, 2019 18:19 | कर्पोरेट/पर्यटन | comments | 35700 Views

नेपाल र चीनबीच भएको हवाई सम्झौता अनुसार नेपाली एयरलाइन्सले चीनको मुख्य भूमिमा अहिलेसम्म एउटा पनि उडान अनुमति पाएका छैनन् । तर चीनका एयरलाइन्सले भने सम्झौतामा तोकिएका सबै क्षमता उपयोग गरिरहेका छन् ।

adsads

नेपालले उडान अनुमतिका लागि पहल गरिरहेको छ र यसका लागि द्विपक्षीय हवाई सम्झौता पुनरावलोकनको तयारीमा छ । यो तयारीसंगै चीनले नेपाललाई उडान अनुमति नदिए पनि आफ्नो उडान क्षमता बढाउन लविङ सुरु गरेको छ ।

स‌ंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसका लागि चीन सरकारलाई पहिलो ड्राफ्ट पठाइसकेको छ । स्मरणीय कुरा के छ भने सम्झौता र हवाई उडान अनुमति फरक कुरा हुन् । सम्झौता भए पनि अनुमति नपाएका कारण नेपाली वायुसेवा चीन जान पाएका छैनन् ।

सन् २०१५ मै चीन उडानका लागि आवेदन दिएर बसेको नेपाल एयरलाइन्सले दोस्रोपटक चीनमा कर्मचारी नै नियुक्त गरिसकेको छ भने चीनकै तीब्बत एयरलाइन्सको लगानी रहेको हिमालय एयरलाइन्सले अनुमति मागेको पनि धेरै भइसकेको छ ।

चिनियाँ पक्षले नेपाली जहाजले उडान भर्न चाहेका विमानस्थलमा स्लट नभएको भन्दै अनुमति दिन आनाकानी गरिरहेको छ । यो पटकको सम्झौता पुनरावलोकनमा नेपालका तर्फबाट केही नयाँ प्वाइन्ट थप गर्नेबाहेक खासै चासो रहेको छैन ।

हाल पाँच चिनियाँ एयरलाइन्सले सातामा ४६ पटक काठमाडौं उडान गरिरहेका छन्।

एयर चाइनाले छेन्दु- ल्हासा हुँदै काठमाडौं ३ र छेन्दु-काठमाडौं ७ उडान गरी सातामा १० उडान गर्छ । चाइना इस्टर्नले कुनमिङ-काठमाडौं रूटमा दैनिक २ उडान (सातामा १४) उडान गरिरहेको छ । त्यस्तै चाइना साउदर्नले पनि साता १४ उडान गर्छ । यसले ग्वाङजाउ-काठमाडौं उडान गर्छ ।

त्यस्तै ल्हासा ट्रान्जिट बनाएर छेन्दुबाट काठमाडौं उडान गर्ने सिचुवान एयरलाइन्सले पनि सातामा चार उडान गर्छ। छेन्दु-काठमाडौं रूटमा उडान गर्ने तिब्बत एयरलाइन्सले सातामा चार उडान गर्छ ।

किन पाएन नेपालले सम्झौता अनुसार चीनमा हवाई उडानको अनुमति ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

तिजका अवसरमा सरसफाइ

फेसबुक

तिजका अवसरमा सरसफाइ

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!