नेपाली कलाजगतलाई अपूरणीय क्षति : वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

17 August, 2019 15:40 | कला/मनोरन्जन , कलिउड | comments | 40500 Views

चार दशकदेखि कलाकारितामा सक्रिय वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । निमोनियाबाट पीडित अधिकारीको ७२ वर्षको उमेरमा शनिबार डल्लुस्थित आफ्नै घरमा निधन भएको हो ।

adsads

२०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरेकी अधिकारीको पहिलो नाट्य अभिनय ‘कची मचा’ थियो । यसपछि उहाँले नाट्य अभिनयमा लामो समय बिताउनुभयो । बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटकहरुमा उनले अभिनय गरेकी थिइन् । उनले पहिलो पटक नायिका भएर काम गरेको नाटक जगतमर्दन थापाको ‘पलाँसको फूल’ थियो ।

लामो समयदेखि दमको रोगी अभिनेत्री अधिकारीको शनिबार बिहान ८ बजे आफ्नो निवास डल्लुमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । स्वर्गीय अधिकारीको शनिबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघले बताएको छ । अहिले सामाजिक सञ्जालमा फिल्मकर्मीहरुले उनीप्रति श्रदाञ्जली अर्पण गरिरहेका छन् ।

पारिवारिक स्रोतका अनुसार अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो । उहाँका एक छोरा र एक छोरी छन् ।

काठमाडौंको असनमा विस २००३ सालमा गायिका नूरा देवीको कोखबाट उहाँको जन्म भएको थियो । अधिकारी जन्मँदा पाँच दिन अगाडि गाइजात्रा थियो । दुःखद संयोग ! उहाँको निधन गाइजात्राको एकदिन पछि भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More