नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिबिरुद्ध ६५ जिल्ला सभापतिहरु 

5 March, 2019 15:33 | राजनीति | comments | 23250 Views

नेपाली कांग्रेसका ६५ जिल्लाका सभापतिहरुले नेतृत्वबिरुद्ध आन्दोलन छेडेका छन् । कांग्रेस केन्द्रीय समितिले महासमिति बैठकको भावना विपरीत विधान पास गरेपछि जिल्ला सभापतिहरू असन्तुष्ट बनेका छन ।

उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी नेतृत्वले तत्काल गलत निर्णय नसच्याए विशेष महाधिवेशन बोलाउने चेतावनी दिंदै महासमिति बैठकका दौरान जिल्ला सभापतिहरुले उठाएको र सभापति शेरबहादुर देउवाले प्रतिबद्धता जनाएको विषय छलेर विधान पारित गरिएको भन्दै आक्रोशित भएका छन् ।

  

उनीहरुले महासमितिको निर्णय विपरीत केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान तत्काल हटाउन माग गर्दै अन्यथा विशेष महाधिवेशन बोलाउने चेतावनी दिएका छन् ।

काँग्रेसका जिल्ला सभापतिहरुको देश दौडाहा संखुवासभामा सम्पन्न
जिल्ला सभापतिहरूको विज्ञप्ति यस्तो छ

नेपाली कांग्रेसको २०७५ पुष २९ गते देखि माघ ९ गते सम्म काठमाडौँमा सम्पन्न महासमिति बैठकमा पार्टी सभापति श्री शेर बहादुर देउवा र बरिष्ठ नेता श्री रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यहरुको प्रस्ताव अनुसार विधानमा उल्लेखित स्वतन्त्र प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्ति लाई दोहोर्याएर अवसर नदिने सम्बन्धी व्यवस्था थप गर्ने सम्बन्धमा एक्यवध्दता जनाउनुभएको थियो ।

यसरी महासमिति बैठकबाट पास भैसकेको बिषयलाई केन्द्रिय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको खबरले हामीलाई आश्चर्य चकित तुल्याएको छ । महासमिति भन्दा ठुलो केन्द्रिय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतस् उपेक्षा गरी पार्टी सभापति जस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केहि नेताहरु देखा पर्नु दुर्भाग्यपूर्ण हो ।

उक्त दुई बिषयलाई लिएर पार्टी केन्द्रिय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको (द· न·९३) महासमिति सदस्यहरुको हस्ताक्षरलाई वेवास्ता गरी संसोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद छ । महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरुलाई केन्द्रिय समितिको पछिल्लो निर्णयले निरास बनाएको छ । पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुर्याउने उक्त निर्णय माथि शिघ्र पूनर्विचार गर्न जोडदार माग गर्दछौ । अन्यथा बिशेष महाधिवेशनका लागि समेत पहल गर्न बाध्य हुनेछौ ।

जय नेपाल !

विज्ञप्तिमा हस्ताक्षर गर्ने जिल्ला सभापतिहरु-

प्रदेश नम्बर १

१) लिला देवी बोखिम — ताप्लेजुंग

२) नरेन्द्र कुमार केरुङ्ग — पांचथर

३) हिमालय कर्माचार्य — ईलाम

४) उद्धव थापा — झापा

५) गोविन्द ढुंगाना — तेह्रथुम

६) नन्दमणि राई — भोजपुर

७) नरेश कुमार श्रेष्ठ — खोटांग

८) बिनोद बस्नेत — सोलुखुम्बु

९) राजिब कोइराला — सुनसरी

१0) डिग बहादुर लिम्बु — मोरंग

११) बिदुर बस्नेत — गाईघाट

१२) दिपेन कुमार श्रेष्ठ – संखुवासभा

प्रदेश नम्बर २

१) कृष्ण देव यादव — रौतहट

२) अजय दुवेदी — पर्सा

प्रदेश नम्बर ३

१) उज्जल बराल — सिन्धुली

२) मधु आचार्य — काभ्रे

३) लवश्री न्यौपाने — रामेछाप

४) बिकाश लामा — सिन्धुपाल्चोक

५) जगदीश नरसिंह केसी — नुवाकोट

६) दुर्लभ थापा — भक्तपुर

७) सबुज बानिया — काठमाडौँ

८) पेम्बा क्षिरिङ्ग लामा — रसुवा

९) रमेश धमला — धादिंग

१0) जित नारायण श्रेष्ठ — चितवन

प्रदेश नम्बर ४

१) बैकुण्ठ न्यौपाने — तनहुँ

२) कृष्ण केसी —कास्की

३) खम्ब गर्बुजा —म्याग्दी

४) यङ्गजीङ्ग बिष्ट —मुस्तांग

५) कुमार राणा —स्याङजा

६) बिष्णु प्रसाद लामिछाने —नवलपुर

७) भेष बहादुर पौडेल —लम्जुङ्ग

८) हरि ब घले —गोरखा

प्रदेश नम्बर ५

१) अर्जुन पोखरेल —परासी

२) बिर बहादुर राणा —पाल्पा

३) भुवन श्रेष्ठ —गुल्मी

४) बिष्णु प्रसाद खनाल(मुश्कान) —अर्घाखाची

५) सुरेन्द्र प्रसाद आचार्य —कपिलबस्तु

६) अम्मर प्रसाद भण्डारी — प्युठान

७) अमर सिंह पून —रोल्पा

८) केशर मान रोका —पूर्व रुकुम

९) किरण कोइराला —बाँके

१0) संजय गौतम — बर्दिया

प्रदेश नम्बर ६

१) खड्ग बहादुर शाही — मुगु

२) दिप बहादुर शाही —जुम्ला

३) हर्ष बहादुर बम —कालिकोट

४) कृष्ण कुमार बिसी — दैलेख

५) कमल राज रेग्मी —सुर्खेत

६) प्रेम प्रकाश ओली —पश्चिम रुकुम

७) गणेश बहादुर चन्द —सल्यान

८) दिपक जंग शाही — जाजरकोट

९) जयपति रोकाया —हुम्ला

१0) अंगत बुढा —डोल्पा

प्रदेश नम्बर ७

१) कर्ण बहादुर मल्ल —डडेल्धुरा

२) ललित सिंह बोहरा —दार्चुला

३) नरेन्द्र सिंह थापा —बैतडी

४) हर्क जंग बहादुर सिंह —बझांङ्ग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More