चतुरबहादुर चन्द चतुरबहादुर चन्द

  • चतुरबहादुर चन्द
  • चतुरबहादुर चन्द
  • चतुरबहादुर चन्द
  • चतुरबहादुर चन्द
  • चतुरबहादुर चन्द

नेपाली क्रिकेटले चाँडै निकास पाउँछ : अध्यक्ष चन्द

4 October, 2019 11:00 | खेल | comments | 23400 Views

चतुरबहादुर चन्द

नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले चाँडै निकास पाउने बताउनुभएको छ । अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला आउनुभएका अध्यक्ष चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आगामी बैठकबाट निलम्बन फुकुवा गरी नेपाली क्रिकेटलाई निकास दिने विश्वास व्यक्त गर्नुभयो ।

देहिमाडौं बजार व्यवस्थान समिति तथा स्थानीय क्लबद्वारा आयोजित स्वागत तथा बधाई कार्यक्रममा क्यान अध्यक्ष चन्दले आइसीसीले भनेअनुसार नै क्यानको साधारणसभावाट नयाँ नेतृत्व निर्वाचित आएकाले निलम्बलन फुकुवा हुनेमा आफू ढुक्क रहेको बताउनुभयो ।

  

“साधारणसभाको आसिसीले स्वागत गरिसकेको छ, चाँडै निकास पाउँछौँ”, उहाँले भन्नुभयो । सबै मिलेर नेपालको क्रिकेट विकासमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । क्रिकेटलाई राजनीतिबाट मुक्त बनाइने अध्यक्ष चन्दको भनाइ थियो ।

“निलम्वन फुकुवापश्चात् नेपालमा थुप्रै घरेलु प्रतियोगिता आयोजना गरिने छन्”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधार निर्माण तथा खेलाडीको सम्मानमा ध्यान दिने छौँ ।” आजै शाहीलेक बजार व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय क्रकेट खेलाडी रितु कनौजिया, कविता भट्ट, मञ्जु बोगटीलगायत खेलाडीले अध्यक्ष चन्दलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्द, पूर्व अध्यक्ष रमेश बोहरा, नेपाली काङ्ग्रेसका जिल्ला सभापति नरेन्द्रसिंह थापालगायतले बधाई ज्ञापन गर्नुभएको थियो ।

क्रिकेट सङ्घको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
चतुरबहादुर चन्द

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More