नेपाली घर नेपाली घर

  • नेपाली घर
  • नेपाली घर
  • नेपाली घर
  • नेपाली घर
  • नेपाली घर
  • नेपाली घर

नेपाली घरद्धारा सदस्यता लिन सबैलाई अनुरोध

3 June, 2019 16:38 | प्रबास | comments | 17100 Views

नेपाली घरनतिबाबु भट्ट. कोलोराडो अमेरिका – कोलोराडोमा सक्रिय सामाजिक संस्था नेपाली घरको हालै सम्पन्न कार्यसमितीको बैठकले कोलोराडो निवासी सबैलाई संस्थाको सदस्यता लिई संस्थामा आवद्ध हुन अनुरोध गरेको छ । संस्थाको कार्यसमितीको बैठकले आगामी जुलाई महिना भित्र सम्पन्न हुन लागेको संस्थाको नयाँ कार्यसमितीको चुनावमा सक्षम, ईमान्दारी, उम्मेदवारहरु चयनगरी संस्थाले अगाडी सारेका आयोजनालाई निरन्तरता दिई सम्पन्न गर्न सहयोगको लागि अपिल गरेको हो ।

adsads

संस्थाले सबैलाई यस संस्थामा गोलबन्द हुन साधारण सदस्यहरुलाई सदस्यता नविकरण गर्न तथा सदस्यता नहुनु भएका सबैलाई सदस्ता लिई सहयोग गरिदिनुहुन सार्वजनिक आहवान गरेको छ । बैठकले संस्थाको आगामी चुनावमा भाग लिन तथा मताधिकार प्रयोजनका लागी इच्छुक महानुभावहरुलाई आगामी जुन ३० भित्र सदस्यता नविकरण तथा नयाँ सदस्यता लिन सबैलाई आग्रह गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष लछुमन रानाले बताएका छन् ।

उनले आजीवनसदस्य बाहेक अन्य सबै सदस्यहरुको बिधान अनुसार सदस्यता नबिकरण गर्नु पर्ने समय भएकोले सदस्यता लिई संस्थामा गोलबन्द भई नेपाली तथा नेपाली मुलका नेपाली भाषीको समुदायको नेपाली सामुदायिक भवन निर्माणको सपना साकार पार्न सबैलाई सहयोगको लागि अपिल गरिएको बताएका छन् ।

नेपाली घर

लाईफ मेम्बर, फेम्ली मेम्बर र जनरल मेम्बर गरि तीन प्रकारको सदस्यताको प्रावधान रहेको नेपाली घरको सदस्यताको लागि संस्थाको वेभसाईट नेपाली घर डट ओआरजी मा गई फारम डाउनलोड गरि भर्न सकिने छ । त्यसैगरी थप जानाकारी चाहिएमा नेपाली घर संग सम्बन्धित जो सुकै पदाधिकारी, बोर्ड सदस्यहरुसंग सम्पर्क गर्न सकिने बताईएको छ ।

थप जानाकारी चाहिएमा यहाँ जानुहोस –  nepalighar.org

नव निर्वाचित पदाधिकारीलाई नेपाली घरद्वारा कार्यभार हस्तान्तरण

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाली घर

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!