नेपाली थिङ्क ट्याङ्कहरुको स्तर- विश्वमा पछाडिबाट तेह्रौं

21 May, 2019 22:45 | जन सरोकार | comments | 32550 Views

कुनै पनि मुलुकको समृद्धि, सुशासन र स्थिरतामा थिङ्क ट्याङ्क (विचारको भण्डार) अर्थात् बुद्धिजीवीहरुको अहम् भूमिका हुन्छ ।

तर नेपाली थिङ्क ट्याङ्कहरुको स्तर विश्वमा पछाडिबाट तेह्रौं स्थानमा छ भन्ने खबर सुन्दा कसको मनमा चसक्क नपर्ला र ? वास्तविकता यही हो एउटा विश्वव्यापी सर्वेक्षणले यस्तै देखाएको छ ।

adsads

जुन मुलुकमा बुद्धिजीवीहरुले आफ्नो बुद्धिको प्रयोग देशका लागि गर्छन् र जुन देशका शासकले बुद्धिजीवीहरुको सल्लाह मान्छन् त्यही देश मात्र उन्नतिको शिखरमा पुगेका छन् ।

आज विश्वमा थिङ्क ट्याङ्कहरुको मापनमा अमेरिका सबैभन्दा अघि छ र त उ विश्वको सर्वशक्तिमान मुलुक छ । त्यस्तै भारत थिङ्क ट्याङ्कहरुको श्रेणीमा दोस्रो स्थानमा छ भने चीन तेस्रो स्थानमा छ ।

यसमा नेपाल कहाँ छ ? सबैको जिज्ञासा यही हुनसक्छ र नेपालमा थिङ्क ट्याङ्कहरुले के गरिरहेका छन् भन्ने एउटा प्रतिवेदनबाट पनि थाहा हुन्छ । वर्ष २०१८ को विश्वव्यापी रुपमा गरिएको थिङ्क ट्याङ्कहरुको अध्ययनमा नेपालको स्थान उल्टोबाट १३ औं स्थानमा छ ।

‘ग्लोबल डिस्ट्रिबुसन अफ थिङ्क ट्याङ्क बाई कन्ट्री २०१८’ को सन् २०१९ को जनवरीमा सार्वजनिक प्रतिवेदनमा एशियाका १८२९ थिन्क ट्यान्कहरुमा नेपालका थिङ्क ट्याङ्कहरुको स्थान उल्टोबाट १३ औं श्रेणीमा रहेको छ ।

अब सहजै विचार गर्न सकिने कुरा के हो भने नेपालका थिङ्क ट्याङ्कहरु के गरिरहेका छन् वा यिनीहरुको उपयोग राज्यले गरेको छ कि छैन ? अनि किन यति कमजोर नतिजा हाम्रा थिङ्क ट्याङ्कहरुको ।

यसमा दुबैपक्षको दोष बराबर छ । सरकारमा रहनेहरु सबै कुरा आफू मात्रै जान्ने र आफ्नाा आसेपासेले भनेको मात्रै सही ठान्ने अनि थिङ्क ट्याङ्कहरुमा पनि दलीय आवरण नलगाइकन अवसर नपाइने कुण्ठाले बुद्धिको सही उपयोग नै हुन सकेको छैन । मुलुकलाई चाहिएको सल्लाह हैन कि कसलाई के चाहिएको छ त्यो मात्र दिएर आफ्नो दूनो सोझ्याउने प्रवृत्तिले गर्दा नेपाली थिङ्क ट्याङ्कहरुको स्तर उल्टोबाट १३ औं स्थानमा पुगेको हो ।

सामान्यतया, थिन्क ट्यान्कहरु भनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका बिषयहरुमा नीतिगत सल्लाह सुझाव दिने बिषय ज्ञान र अनुभवले खारिएका बिशिष्ट ब्यक्तिहरुको समुह हो । यिनीहरुकै प्रयोगबाट मुलुक बन्ने हो । तर नेपालमा न थिङ्क ट्याङ्कले आफूलाई प्रमाणित गर्न सकेको पाइयो न त सरकारले नै उनीहरुलाई उपयोग गर्ने चासो देखायो ।

बिभिन्न देशका थिङ्क ट्याङ्कहरु क्षमता र प्रभावकारिताको हिसाबबाट कस्तो अवस्थामा रहेको छ त भन्ने बिषयमा ग्लोबल डिस्ट्रिबुसन अफ थिङ्क ट्याङ्क बाई कन्ट्री २०१८ अनुसार संसारमा ८,२४८ वटा थिङ्क ट्याङ्कहरु बिच गरिएको एक अध्ययनले अमेरिका नं १, भारत नं २ र चिन नं ३ मा रहेको देखाउँछ ।

भ्रमण वर्ष २०२० : थिङ्क ट्याङ्क र जल्दाबल्दा विषयवस्तु

एसियामा रहेका १८२९ थिङ्क ट्याङ्कहरुको देशिय अवस्थाको अध्ययन अनुसार भारत र चिनले हासिल गरेको श्रेणी क्रमश: ५०९ र ५०७ छ भने नेपालको श्रेणी १३ हो । त्यसपछि क्रमशः बंगलादेशको ३६, अफगानिस्तानको २२, श्री लंकाको ३२ र पाकिस्तानको २५ हो ।

अब गम्भिरताका साथ बिचार गरौं, हाम्रो देशको थिङ्क ट्याङ्क भनिएका संस्थाहरुको अवस्था नै यस्तो दयनिय र नाजुक छन् भने, तिनले दिने नीतिगत सल्लाह, सुझाब र शिफारिस अनि तिनको कार्यान्वयनको प्रभावकारिता कस्तो होला ? बिषय गम्भिर र विचारणीय छ ।

– विवरणहरु गौरी प्रधानकोे फेसबुकबाट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

फेसबुक

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!