नेपाली दूतावास बेलायतको आयोजनामा नेपाल विकास सम्मेलन सम्पन्न
नेपाली दूतावास बेलायतले शनिबार नेपाल विकास सम्मेलनको सम्पन्न गरेको छ । सम्मेलनमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका नेपाली समुदायले नेपाल र बेलायतबीचको सम्बन्धलाई थप प्रवद्र्धन गर्न योगदान गरिरहेको बताउनुभयो ।
उहाँले नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान र संयुक्त राष्ट्रसङ्घको दिगो विकासका लक्ष्यहरु हासिल गर्न विदेशमा रहेर विभिन्न क्षेत्रमा दक्षता तथा अनुभव हासिल गरेका नेपाली विज्ञहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।


सम्मेलनमा बेलायतको लीड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले ‘नेपालको विकासका लागि आर्थिक कुटनीति’ सम्बन्धमा प्रकाश पार्नुभएको थियो । यसैगरी, हडर्सफिल्ड विश्वविद्यालयका प्राध्यापक डा पदम सिम्खडाले ‘नेपाली आप्रवासी कामदारको स्वास्थ तथा हित’का विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापनरत डा कृष्णप्रसाद अधिकारीले ‘नेपालका सामुदायिक सङ्घ संस्थाहरुका कार्य र त्यसको स्थानीय सरकारसँगको सम्बन्ध’ का बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सम्मेलनमा यूनिर्भसिटी कलेज अफ लण्डनमा प्राध्यापनरत डा पुनम यादवले ‘तथ्याङलाई लिङ्गको आधारमा छुट्याउन किन आवश्यक छ रु’ भन्ने विषयमा प्रस्तुति गर्नुभएको थियो ।
यस्तै क्विन एलिजाबेथ अस्पतालमा कार्यरत तथा आर्डेन विश्वविद्यालयमा प्राध्यापनरत डा बच्चुकैलाश कैनीले ‘नेपालमा स्वास्थ्य क्षेत्रको विकास’ का बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बेलायतको ट्रान्सपोर्ट फर लण्डनमा मुख्य यातायात मोडेलरका रुपमा कार्यरत डा वीरेन्द्र श्रेष्ठले ‘काठमाडौँको ट्राफिक व्यवस्थापनका लागि बेलायतको अनुभव’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बेलायतको रोयल बोटानिक गार्डेन एडिनबरामा कार्यरत जैविक विविधतासम्बन्धी बैज्ञानिक डा भाष्कर अधिकारीले ‘नेपालको विकासमा वनस्पति विज्ञानसम्बन्धी संयुक्त अनुसन्धानको महत्व’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
सम्मेलनमा बेलायतका दुई प्रतिष्ठित अक्सफोर्ड र हल विश्वविद्यालयबाट महाविद्यावारिधि उपाधिद्वारा विभुषित प्राध्यापक डा सूर्यप्रसाद सुवेदीलाई राजदूत डा सुवेदीले अभिनन्दन गर्नुभएको थियो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- “१५ वर्ष एमालेको नेतृत्व गरेको मलाई प्रचण्डको मामुली कार्यकर्ता नठान्नु”- नेपाल
- संक्रमितलाई समयमै अस्पताल पुर्याउन नसकिएकोमा प्रधानमन्त्री सुगाद्वारा क्षमायाचना
- पोखरामा सम्पन्न ‘बञ्जी कपल च्यालेन्ज’ चार जोडीले जिते
- विपीको ‘आत्मवृत्तान्त’ जापानी भाषामा प्रकाशन हुँदै
- भोलिदेखि कोरोना खोप अभियान : देशभरि ६२ अस्पतालमा एक सय २० केन्द्र
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट
- भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
- कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
- प्रतिनिधिसभा विघटन मुद्दा इजलास हेर्दाहेर्दैमा आज पनि
- लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन
- निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्ने गौतमको दावी
- बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी
- शैक्षिकसत्र जेठसम्म लम्ब्याउने शिक्षा मन्त्रालयको तयारी
- घोषणा गरेकै समयमा चुनाव हुनेछ : प्रधानमन्त्री ओली
- “आरोपपत्र फिर्ता लिएर निर्वाचनमा आए पार्टी एकता जोगाउन सकिने”
- कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


