साउदी अरेबियाको रियादस्थित नेपाली दूतावाससाउदी अरेबियाको रियादस्थित नेपाली दूतावास

  • साउदी अरेबियाको रियादस्थित नेपाली दूतावास
  • साउदी अरेबियाको रियादस्थित नेपाली दूतावास
  • साउदी अरेबियाको रियादस्थित नेपाली दूतावास
  • साउदी अरेबियाको रियादस्थित नेपाली दूतावास
  • साउदी अरेबियाको रियादस्थित नेपाली दूतावास
  • साउदी अरेबियाको रियादस्थित नेपाली दूतावास

नेपाली दूतावास साउदीद्वारा तोकेकोभन्दा कम सेवा सुविधा पाउने अवस्थामा कामदार नपठाउन आग्रह

21 June, 2019 13:35 |प्रबास | comments | 20100 Views

    साउदी अरेबियाको रियादस्थित नेपाली दूतावास

    साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले नेपाल सरकारले तोकेकोभन्दा कम सेवा सुविधा पाउने अवस्थामा कामदार नपठाउन म्यानपावर व्यवसायीलाई आग्रह गरेको छ । दूतावासबाट प्रमाणीकरण भएका मागपत्रको प्रतिकूल हुने गरी कामदार नपठाउन दूतावासले अनुरोध गरेको हो ।

    adsads

    पछिल्लो समयमा साउदी सरकारले खाद्यान्नलगायत विभिन्न शीर्षकमा लगाएको मूल्य अभिवृद्धि करसँगै बजारभाउ निकै बढेकाले कामदारको जीविकोपार्जन थप खर्चिलो बन्दै गएको दूतावासले जनाएको छ । साउदीमा नेपाली कामदार पठाउन व्यवसायीबीच हुने अस्वस्थ प्रतिष्पर्धाका कारण कामदार न्यूनतम पारिश्रमिक नपाउने समस्याको जोखिममा पर्नसक्ने सम्भावना औँल्याउँदै दूतावासले नेपाल सरकारको निर्णय कार्यान्वयनमा व्यवसायीको जिम्मेवारी र भूमिका महत्वपूर्ण हुने बताएको छ ।

    नेपाल सरकारले रोजागरीका लागि साउदी जाने अदक्ष कामदारको न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल एक हजार र खाना सुविधाको साउदी रियाल ३०० अनिवार्य गरेको छ । उक्त सेवा सुविधा प्राप्त गर्ने सुनिश्चित भएपछि मात्र दूतावासले मागपत्र प्रमाणीकरण गर्दै आएको छ ।

    त्यसैगरी दूतावासले कामदारको मागपत्र प्रमाणीकरणका लागि आधिकारिक पत्रसहित उपस्थित हुन म्यानपावर कम्पनीलाई अनुरोध गरेको छ । मागपत्र प्रमाणीकरण गर्न आफ्ना प्रतिनिधिलाई वैदेशिक रोजागार विभागले जारी गरेको फोटोसहितको परिचयपत्रसहित पठाउन पनि दूतावासले आग्रह गरेको हो ।

    रोजगारीका क्रममा कुनै समस्या आइपरे नेपाली श्रमिकलाई दूतावासमा खबर गर्न आग्रह

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    साउदी अरेबियाको रियादस्थित नेपाली दूतावास

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!