नेपाली भाषा कक्षाको दोश्रो चरण शिक्षिका भट्टलाई सम्मान गर्दै सम्पन्ननेपाली भाषा कक्षाको दोश्रो चरण शिक्षिका भट्टलाई सम्मान गर्दै सम्पन्न

  • नेपाली भाषा कक्षाको दोश्रो चरण शिक्षिका भट्टलाई सम्मान गर्दै सम्पन्न
  • नेपाली भाषा कक्षाको दोश्रो चरण शिक्षिका भट्टलाई सम्मान गर्दै सम्पन्न
  • नेपाली भाषा कक्षाको दोश्रो चरण शिक्षिका भट्टलाई सम्मान गर्दै सम्पन्न
  • नेपाली भाषा कक्षाको दोश्रो चरण शिक्षिका भट्टलाई सम्मान गर्दै सम्पन्न
  • नेपाली भाषा कक्षाको दोश्रो चरण शिक्षिका भट्टलाई सम्मान गर्दै सम्पन्न
  • नेपाली भाषा कक्षाको दोश्रो चरण शिक्षिका भट्टलाई सम्मान गर्दै सम्पन्न

नेपाली भाषा कक्षाको दोश्रो चरण शिक्षिका भट्टलाई सम्मान गर्दै सम्पन्न

24 June, 2019 15:05 |प्रबास | comments | 13500 Views

    नेपाली भाषा कक्षाको दोश्रो चरण शिक्षिका भट्टलाई सम्मान गर्दै सम्पन्न

    नातिबाबु भट्ट, कोलोराडो अमेरिका – कोलोराडोको लङमन्ट स्थित हिमालयज् लायन्स क्लबद्धारा संचालित नेपाली भाषा शिक्षा दोश्रो चरणको कक्षा शिक्षिकालाई सम्मान गर्दै सम्पन्न भएको छ । लङमन्ट स्थित फायरहाउस आर्टसेन्टरमा प्रत्येक शनिबार बिहान संचालन हुने नेपाली भाषा शिक्षाको दोश्रो चरणको कक्षा सहभागी बाल बालिका तथा सहायक शिक्षिका सरु शर्मालाई प्रमाण पत्र र शिक्षिका यसोदा भट्टलाई सम्मानपत्र प्रदान गर्दै सम्पन्न भएको हो ।

    adsads

    लङमन्ट हिमालयज् लायन्स क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर मिसायल गिल, ग्लोवल मेम्वर सिप चेयर तथा पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, पाष्ट ईन्टरनेशनल डिरेक्टर केन सोल, ६ नर्थ ईष्टका द्धितिय उपाध्यक्ष जोशन श्रेष्ठ, ६ नर्थ ईष्टका जोन चेयर पर्शन प्रमोद श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष विकल पराजुली, अरोरा लायन्स क्लवका अध्यक्ष कपिलदेव सुवेदी लगायत अन्य पदाधिकारीको उपस्थिती रहेको थियो ।

    त्यस्तैगरी कार्यक्रममा उपस्थित अन्य संघ संस्थाका पदाधिकारीहरुमा नेपाली घरका अध्यक्ष लक्षुमण राना, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टर संयोजक श्रीराम लुइंटेल , ब्लड डोनर्स अफ अमेरिका माउण्टेन रिजन क्षेत्रीय संयोजक भुषणलाल श्रेष्ठ, सगरमाथाका सफल आरोही रोहित श्रेष्ठ, नेपाली क्लासमा सहभागी बाल बालिकाका अभिभावक, बुद्धीजिवी, समाजसेवी, व्यवसायी पत्रकार तथा स्थानीय सर्वसाधारणको उपस्थिती थियो ।

    कार्यक्रममा लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर मिसायल गिलले शिक्षिका यसोदा भट्टलाई सम्मान पत्र प्रदानगरी सम्मान गरेकी थिईन् भने आयोजक संस्थाका अध्यक्ष बिकल पराजुली लगायतका पदाधिकारीहरुले खादा लगाईदिई सम्मान गरेका थिए । यसोदा भट्टले भाषा कक्षामा उपस्थित छात्र छात्राहरुलाई लेख्ने पढ्ने मात्र नभएर, नेपाली भाषामा बोल्ने, कथा, कबिता भन्ने, कार्टुन देखाउने, जस्ता माध्यमबाट भाषा सिकाउने गरेकी थिईन् ।

    प्रवासमा नेपाल र नेपाली चिनाउने मुख्य माध्यम भनेकै हाम्रो भाषा संस्कृती हो । यहाँ जन्मेका बाल बलिकाहरुलाई यसरी भाषा संस्कृती सिकाउदै नजाने हो भने हाम्रो भाषा संस्कृती यहि पुस्तामा मात्र सिमित रहने खतरा बढ्दै गएको छ । यस्तो अवस्थामा बाल बालिकाहरुलाई हाम्रो भाषा सिकाउने मौका उपलब्ध गराएकोमा आयोजकलाई शिक्षिका भट्टले धन्यवाद दिईन् ।

    कार्यक्रमको अन्त्यमा सबैलाई धन्यवाद दिदै संस्थाका अध्यक्ष बिकल पराजुलीले व्यास्त समयको बावजुद पनि शिक्षिका भट्टले बाल बलिकाहरुलाई पर्याप्त समय दिई कुशल तरिकाबाट अध्यापन गराएकोले उनलाई सम्मान गरिएको प्रष्ट्याए । उनले सबै अभिभावकहरुसंग सल्लाह गरि सुझावको आधारमा निकट भविश्यमा लायन्सले तेश्रो चरणको कक्षा पनि संचालन गर्ने सोच बनाएको बताए ।

    हिमालयज् लायन्स क्लबद्धारा दोश्रो चरणको नेपाली भाषा कक्षा संचालन

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नेपाली भाषा कक्षाको दोश्रो चरण शिक्षिका भट्टलाई सम्मान गर्दै सम्पन्न

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!