नेपाली महिला क्रिकेट टीमलाई काँस्य पदक

7 December, 2019 16:55 | खेल | comments | 11550 Views

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्र्तगत महिला क्रिकेटमा नेपालले काँस्य पदक प्राप्त गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार बंगलादेश र श्रीलंकाबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

adsads

पोखरा रंगशालामा शनिबार तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा मालदिभ्समाथि १० विकेटको जित निकाल्दै नेपालले कास्य पदक प्राप्त गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको मालदिम्सले ११.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८ रन जोडेको थियो । मालदिभ्सको ब्याटिङमा ऐमा ऐसाथले १ रन जोडिन् । मालदिभ्सका बाँकि सबै खेलाडी शुन्यमै आउट भए । नेपालले अतिरिक्त ७ रन दिएको थियो ।

नेपालको तर्फबाट अंजली चन्दले ४ ओभरमा ३ मेडन सहित १ रन खर्चिएर ४ विकेट लिइन् । त्यस्तै, सीता रानामगर र रुबिना क्षेत्रीले समान दुई दुई विकेट लिए । सुमन खतिवडा र करुणा भण्डारीले पनि एक एक विकेट बाँडे ।

जितका लागि ९ रनको लक्ष्य पछ्याएको नेपालले विना विकेट नोक्सानीमा १।१ ओभरमा जित हाँसिल गरेको हो । नेपालको व्याटिङमा रोमा थापाले अविजित ४ तथा काजोल श्रेष्ठले अविजित २ रन बनाए ।

खेलमा ४ विकेट लिन सफल नेपाली बलर अंजली चन्द प्लेयर अफ द म्याच भइन् । नेपाल लोकतान्त्रिक खेलकुद महसंघका अध्यक्ष देवेन्द्र शेरचनले पुरस्कार प्रदान गरेका थिए ।

जित पछि प्रतिक्रिया दिंदै नेपाली प्रशिक्षक जगतबहादुर टमटाले समग्रमा प्रतियोगिताभर नेपालले चित्त बुझ्दो प्रदर्शनी गरेको बताए । बंगलादेश, श्रीलंका जस्ता टेष्ट राष्ट्रहरुसंग समेत नेपालले बराबरीको प्रतिस्पर्धा गर्न सफल भएको र लक्ष्य स्वर्ण नै भए पनि कास्य पदकमा चित्त बुझाउनु परेको बताउनुभयो ।उहाँले खेलाडीहरु संयमित र अनुशासनपूर्वक खेल प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

मालदिभ्सका कप्तान जुना मारियमले यहि प्रतियोगिताबाट मालदिभ्सले अन्र्तराष्ट्रिय डेब्यु गरेको बताउँदै आफुहरुका लागि यो राम्रो अनुभव भएको बताइन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More