“नेपाली माटोमा फलेका विविध फलफूलका वाइन बनाउन सकेका छैनौं”

12 April, 2019 14:47 | अन्तरवार्ता | comments | 45300 Views

इलेक्ट्रोनिक्स इन्जिनियरिङमा व्याचलर गर्नुभएका दीपकिशन खड्का कम उमेरमै एक सफल उद्यमीका रुपमा स्थापित हुनुभएको छ । अध्ययनले इञ्जिनियर खड्का आफ्नो अध्ययनको विषयभन्दा बाहिर गएर वाइन उद्योगी बन्नुभयो ।

adsads

महाकाली वाइन प्रालि र दुर्गा वाइन उद्योग प्रालि संचालन गरेर छोटो समयमा एउटा सफल उद्यमीको कोटीमा उभ्याउन सफल खड्कासंग नेपाल–जापान डट कमका लागि वाइन उत्पादनका विषयमा सूर्यप्रसाद कोइरालाले गरेको कुराकानी प्रस्तुत छ ।

० तपाईं इन्जिनियरिङको विद्यार्थी, कसरी वाइन उत्पादनमा आकर्षित हुनुभयो ?
म विद्यार्थी हुँदा नै विभिन्न पारिवारिक पार्टी, भोजहरुमा वाइन उपयोग गरिन्थ्यो । त्यसै सिलसिलामा मेरो दिदी वविता सिटौलाले वाइनको बारेमा थोर बहुत जानकारी गराउनु भयो । त्यसपछि मैले वाइनको बारेमा विभिन्न अध्ययन र अनुसन्धान गरें । फलस्वरुप म आफ्नो अध्ययनको विषय एउटा भए पनि वाइन उत्पादनतर्पm नै आकर्षित भएर व्यवसायिक रुपमा संलग्न भएको हुँ ।

० पढाई र पेशामा एकरुपता हुन नसक्दा असजिलो महसुस गर्नु भएको छ कि ?
पढाई एकातर्फ र व्यवसाय अर्कोतर्फ गर्नुपर्दा सानोतिनो असजिलो त भयो नै । किनभने व्यवसायमा सानो सानो कुरा पनि खोजी नीति नगरी अगाडि बढ्न अलि गाह्रो नै हुने रहेछ । जस्तो कि युरोप, अमेरिकातिर वाइन लगायत अन्य उत्पादकहरुको युनिटी हुन्छ । उनीहरुले विज्ञ पनि राखेका हुन्छन् । हाम्रो अवस्था भने अलग्गै छ । हामीकहाँ विज्ञ कम छन् । जानेका कुरा पनि सितिमिति भनी नहाल्ने स्वभाव छ हामीहरुको । अनि यसका बारेमा केही जानकारी चाहिएमा इमेलकै सहारा लिनुपर्ने । इमेलको जवाफ आउन दशौं दिन लाग्ने । यस्ता समस्या चाहिँ मैले पनि व्यहोरेको छु ।

० कस्तो छ तपाईंको वाइनको बजार अहिले ?
स्वीट हार्ट, भ्यालेन्टीनो, एम्पायर, वीन्टर कोल्ड र मुन डान्स हाम्रो चर्चित व्राण्ड हुन् । हेर्नुस्, हाम्रा उत्पादनहरु नेपाली समाजका विभिन्न वर्गलाई लक्षित गरी बजारमा आएका छन् । वाइनका सौखिनहरुले अत्यधिक रुचाउने वाइनमा पर्छ भ्यालेन्टीनो र स्वीटहार्ट । यी अरु वाइनको तुलनामा केही महङ्गा पनि छन् । खासमा भन्नु पर्दा हाम्रा उत्पादनहरु समाजका सबै वाइन पारखीहरुले रुचाएको पाउँछु म ।

० के आफ्ना उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्ने कुनै प्रयास पनि गरिरहनु भएको छ कि ?
विदेशतिर प्रायः अङ्गुरको मात्र वाइन उत्पादन गरिन्छ । नेपाली माटोमा फलेका विभिन्न जातका फलर्फललाई सदुपयोग गरी फरक स्वादको वाइन उत्पादन गर्न सक्यौं भने निश्चय पनि हाम्रा उत्पादनले अन्तर्राष्ट्रिय बजारमा ठाउँ पाउन सक्छन् । तर, हाम्रो सरकारी नीति भने अलि व्यवसायी मैत्री नभएको जस्तो अनुभूति गर्छु म । सरकारले अरु मदिरा जस्तै यसलाई पनि त्यस्तै कोटीमा राखेर हेर्नु अलि अव्यवहारिक हो कि भन्ठान्छु । वाइन उत्पादनको हकमा पनि यसमा कतिपय व्यवहारिक पक्षलाई सरकारले अनुभूति गरी दिने हो भने हाम्रा उत्पादनले विश्व बजारमा ठाउँ नपाउने भन्ने हुँदैन ।

० बजारमा प्रतिस्पर्धा छ, अहिले तपाईं आफ्नो उत्पादन सबै भन्दा उत्कृष्ट छ भन्न सक्नु हुन्छ ?
हाम्रो ‘भ्यालेन्टीनो’ वाइन शुद्ध अङ्गुरबाट बनेको वाइन हो । यसमा मिसावट छैन । यसको स्वाद पनि खास वाइन पारखीहरुले रुचाउने खालको छ । बेलाबेलामा खानेहरुले थाहा नपाउनु अलग्गै कुरा हो । स्वीटहार्ट सामान्य बजारमा अत्यन्तै खपत हुन्छ । कहिलेकाहीँ मात्र खानेहरुले पनि रुचाउने वाइन हो स्वीटहार्ट । हाम्रा अन्य उत्पादन सामान्य नेपाली स्वादका छन् । त्यसकारण हाम्रा उत्पादनहरु अरु भन्दा अलग्गै स्वादका छन् भन्न हिच्किचाउनु पर्ने छैन ।

० नेपाली वाइन बजारमा तपाईंका उत्पादन सर्वाधिक रुचाइनेभित्र पर्छ भन्न खोज्नु भएको हो ?
त्यसमा दुईमत नै छैन । भ्यालेन्टीनो मासमा चाहिँ जाँदैन । तर जसले यसको स्वाद लिइसक्नु भएको छ, उहाँहरुले खोजीखोजी खाने वाइन हो । यो खासमा विशेष वर्गका लागि लक्षित गरी उत्पादन गरिएको हो । स्वीटहार्ट मासमै खपत हुन्छ । अरु भन्दा सामान्य बजारमा पनि प्रतिस्पर्धा गरेर अगाडि बढिरहेको छ । अरु व्राण्ड भ्याली बाहिर खपत हुन्छ । स्वीटहार्ट त नेपाल अधिराज्यभर नै रुचाइने वाइनमा पर्छ ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अर्ना र बाह्रसिङ्गे

फेसबुक

अर्ना र बाह्रसिङ्गे

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!