बाल्टिमोरबाल्टिमोर

  • बाल्टिमोर
  • बाल्टिमोर
  • बाल्टिमोर
  • बाल्टिमोर
  • बाल्टिमोर
  • बाल्टिमोर

नेपाली राष्ट्रिय सम्मेलन बाल्टिमोरमा जुलाई ५ देखि ७ सम्म हुने

11 May, 2019 16:15 |प्रबास | comments | 18900 Views

    बाल्टिमोर

    विजय थापा,डिसी – अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नेपाली नेसनल कन्भनेसन अर्थात् नेपाली राष्ट्रिय सम्मेलन जुलाई ५ देखि ७ सम्म हुने भएको छ । केही समय अगाडी यही सम्मेलनको लागि संस्थाका पदाधिकारीहरुले समुदायसंग राय, सल्लाह, सुझाव लिएका थिए ।

    adsads

    गत बर्ष शिकागोमा ३ वटा संस्थाहरु एएनए, आन्मा र नासाको आयोजनामा संयुक्त रुपमा नेपाली राष्ट्रिय सम्मेलन नाम दिई सफलता पुर्वक सम्पन्न गरेको थियो । त्यसलाई निरन्तरता दिदै यस पटक डिसी महानगर क्षेत्रको बाल्टिमोरमा एएनए, आन्मा र बाल्टिमोरको बाना संस्थाको सयुक्त आयोजनामा नेपाली राष्ट्रिय सम्मेलन गर्ने भएका छन् ।

    सम्मेलन हुन करिव दुई महिनाको अवधि रहेकोले त्यसको तयारीको लागि बाल्टिमोरमा होटल (अतिथि गृह) को निश्चित गरिएको जानकारी नेपाली राष्ट्रिय सम्मेलनका सम्मेलन सभापति विजय श्रेष्ठले दिएका छन् ।

    सम्मेलन स्थल होटल रेड लायन रहेको छ । आगामी मे १० शुक्रबार देखि आफ्नो कोठाहरु सुरक्षित गर्न चाहनेले खुशी साथ स्थान सुरक्षित गर्न पाइने सम्मेलन सभापति श्रेष्ठले बताए ।

    सम्मेलन नेपाली नेसनल कन्भेन्सन २०१९ ले गर्ने छ भने बाल्टिमोर सम्मेलनको आतिथ्य बानाले गर्ने छ । बानाका अध्यक्ष सुबोध विलास पन्त संयोजक रहेका छन् । यसै गरि नेपाली राष्ट्रिय सम्मेलनको संरक्षकमा महा बाणिज्य दुत प्रेम राजा महत रहनु भएको छ ।

    सम्मेलन सभापति श्रेष्ठले यस भेकमा रहनु हुने सबै नेपाली समुदायलाई अहिले देखि नै आफ्नो मिति तिथि भित्ते पात्रोमा रोक्न आग्रह गरेका छन् । यसलाई सफल बनाउन बिभिन्न समिति उपसमिति तथा अन्य जानकारी नियमित रुपमा सम्मेलन नसकुन्जेल संचार माध्यम मार्फत दिने श्रेष्ठले बताए ।

    कतार नेपाली एकता समाजको पाँचौं राष्ट्रिय सम्मेलन सम्पन्न

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    बाल्टिमोर

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!