नेपाली स्याटेलाइटसंगै ४० मुसा लगिए अन्तरीक्षमा कारण यस्तो छ

18 April, 2019 16:05 | सूचना/प्रविधि | comments | 72900 Views

बिहिबार बिहान अमेरिकाबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाइएको नेपालको पहिलो स्याटेलाइट न्युयोर्क समय अनुसार शुक्रबार विहान साढे ५ बजे पुग्ने बताइएको छ । भर्जिनियाबाट प्रक्षेपण गरिएको उक्त अन्तरिक्ष यानले ७६ सय पाउण्ड सामाग्रीहरु बोकेर उडेको छ ।

adsads

स्याटेलाइटसंगै ४० वटा मुसाहरु पनि पठाइएको छ । ती मुसाहरु एन्टी टिटानस भ्याक्सिनको प्रभावकारिताको अध्ययनका लागि पठाइएका हुन् ।

त्यसै गरी अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा काम गरिरहेका कर्मचारीहरुका लागि आवश्यक शोध, सप्लाइ र हार्डवेयर सामाग्री तथा नेपाल, जापान र श्रृलङकाका स्याटेलाइटका लागि आवश्यक सामाग्रीहरु बोकेर उडेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा काम गरिरहेका ६ जना कर्मचारीहरुले यो सबै सामान प्राप्त गर्नेछन् ।

नेपाली स्याट वान नाम दिइएको नेपाली भूउपग्रहलाई एन्टोरस नामको अन्तरिक्ष यानमा रहेको सिग्नस कार्गो बिमानले बोकेको छ । यानमा मुसाहरु पठाउनुको कारण भने एन्टी टिटानस भ्याक्सिनको प्रभावकारिता परिक्षणका लागि हो ।

४० मध्ये २० वटा मुसालाई अन्तरिक्षमा भ्याक्सिन दिइनेछ भने अरु २० वटालाई दिइनेछैन । पृथ्वीमा आइसकेपछि ती मुसाहरुले भ्याक्सिनमा कस्तो प्रतिकृया जनाउनेछन् भन्नेबारे वैज्ञानिकहरुले अनुसन्धान गर्नेछन् ।

अन्तरीक्षमा पठाइयो नेपालको पहिलो स्याटलाइट (भिडियो सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अर्ना र बाह्रसिङ्गे

फेसबुक

अर्ना र बाह्रसिङ्गे

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!