अन्तरिक्षमा पठाइँदै नेपाली स्याटलाइट अन्तरिक्षमा पठाइँदै नेपाली स्याटलाइट

  • अन्तरिक्षमा पठाइँदै नेपाली स्याटलाइट
  • अन्तरिक्षमा पठाइँदै नेपाली स्याटलाइट
  • अन्तरिक्षमा पठाइँदै नेपाली स्याटलाइट
  • अन्तरिक्षमा पठाइँदै नेपाली स्याटलाइट
  • अन्तरिक्षमा पठाइँदै नेपाली स्याटलाइट
  • अन्तरिक्षमा पठाइँदै नेपाली स्याटलाइट

नेपाली स्याट–१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने

11 June, 2019 14:13 | सूचना/प्रविधि | comments | 15450 Views

अन्तरिक्षमा पठाइँदै नेपाली स्याटलाइट

नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो ।

adsads

डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो । नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम जेठ २७ गतेसम्ममा सकिने र नेपाली समयानुसार सो दिन उक्त भूउपग्रह पृथ्वीमा छाडिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

“नाष्टको श्रोतागण कक्षबाट उक्त दिन साढे १२ बजेदेखि कार्यक्रम शुरु हुनेछ । भू उपग्रह प्रक्षेपण गरेको समय नाष्टले प्रत्यक्ष प्रसारण देखाउनेछ”, ढकालले भन्नुभयो, “जापानबाट जापानी अन्तरिक्ष अन्वेषण संस्था (जाक्सा) का दुई जना विज्ञ नेपाल आउने तयारी भइरहेको छ ।” त्यस दिन २० मिनेटको अन्तरमा पहिला नेपालको नेपाली स्याट–१ त्यसपछि श्रीलङ्काको रावन–१ अन्तिममा जापानको युवुसु भूउपग्रह प्रक्षेपण हुने बताइएको छ ।

डेढ महिनाअघि नै उक्त भूउपग्रह ४०० किलोमिटर माथि आकाशबाट अन्तरिक्ष यान पृथ्वीको सतहमा जोडिन सफल भइसकेको छ ।जाक्साले सो भूउपग्रह निर्माणका लागि नमूना तयार गरी सफल बनाएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताउनुभयो । सो प्रविधि सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ । यस भूउपग्रहको आयु तीन महीनादेखि तीन वर्षसम्मको हुनेछ । सरकारले नेपालमा सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो ।

मङ्गलबारदेखि विज्ञान सडक मेला हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले पहिलो पटक नेपालमा संयुक्त रुपमा दुईदिने ‘विज्ञान सडक मेला–२०१९’ आयोजना गर्ने भएका छन् ।

समाजमा भएका अनुसन्धान र परिवर्तनका कुरालाई जनमानसमा प्रचार गरी विज्ञान र प्रविधिका माध्यमलाई मनोरञ्जनका साथ अघि बढाउने उद्देश्यका साथ मङ्गलबारबाट जावलाखेलमा उक्त सडक मेला आयोजना हुन लागेको हो ।

सो मेलाले सबै उमेर समूहका मानिसलाई विज्ञान देशव्यापी रुपमा आवश्यक रहेको जानकारी दिने नाष्टका प्रविधि सङकाय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । “मेलामा वैज्ञानिक र सर्वसाधारणबीच विज्ञान, प्रविधि, नवीनता र परिवर्तसम्बन्धी विभिन्न विषयमा चर्चा परिचर्चा हुनेछ”, ढकालले भन्नुभयो, “मेलामा उपस्थित सबै उमेरका मानिससँग दोहोरो छलफल गरी धेरैभन्दा धेरै उपयोगी जानकारी हासिल गर्नेछौँ ।”

सो मेलामा विज्ञान र प्रविधिका क्षेत्रमा गरिएका कामको दस्तावेज, दूरदर्शनका कार्यक्रम, विज्ञानका धुन, खानाका पसल राखिनाका साथै उपस्थित व्यक्तिको जनआवाज सङ्कलन गरिने बताइएको छ ।

नेपालको भूउपग्रह प्रक्षेपणपछि प्रधानमन्त्री ओलीको खुसी, दिए सबै वैज्ञानिकलाई बधाई

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अन्तरिक्षमा पठाइँदै नेपाली स्याटलाइट

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

तिजका अवसरमा सरसफाइ

फेसबुक

तिजका अवसरमा सरसफाइ

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!