नेपाली स्याट–१ ले गर्यो पृथ्वीको परिक्रमा- जापानमा मन्त्री पोख्रेल प्रत्यक्ष भिडियो कन्फ्रेन्समा

17 June, 2019 18:52 | सूचना/प्रविधि | comments | 22200 Views

नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू–उपग्रह नेपाली स्याट–१ ले सोमबारदेखि पृथ्वी परिक्रमा गरेको छ । जापानस्थित क्युटेको विश्वविद्यालयले नेपालका लागि उक्त भू–उपग्रह गत वैशाख ४ गते प्रक्षेपण गरेको थियो ।

adsads

यसबीच जापानमा रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल जापानी अन्तरीक्ष अन्वेषण संस्था (जाक्सा)ले जापानमा आयोजना गरेको नेपालको पहिलो भूउपग्रह नेपाली स्याट–१ ले गर्ने पृथ्वी परिक्रमाको प्रत्यक्ष ‘भिडियो कन्फरेन्स’मा सहभागी हुनुभएको छ ।

शिक्षा मन्त्रीका साथमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा– प्रतिष्ठान (नाष्ट) का उपकुलपति डा सुनिलबाबु श्रेष्ठ पनि सो सम्मेलनमा सहभागी हुनुभएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिनुभयो ।

नेपाली स्याटेलाइटसंगै ४० मुसा लगिए अन्तरीक्षमा कारण यस्तो छ

उहाँले भन्नुभयो, “नेपाली स्याट–१ बारे जानकारी लिन गत शनिबार उहाँहरु जापान प्रस्थान गर्नुभएको थियो । सम्मेलन सकिएपछि आउँदो बुधबार उहाँहरु नेपाल फर्कनुहुने भएको छ ।”

डेढ महीना अघिबाट अन्तर्राष्ट्रिय अन्तरीक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भू–उपग्रहले पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो । सोमबार नाष्टले आफ्नै कार्यालयको स्रोतागण कक्षबाट अपरान्ह साढे १२ बजेदेखि सो भू–उपग्रह प्रक्षेपणको प्रत्यक्ष प्रसारण देखाएको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

नेपाली स्याट–१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!