भलिबलभलिबल

  • भलिबल
  • भलिबल
  • भलिबल
  • भलिबल
  • भलिबल
  • भलिबल

नेपाल एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताबाट बाहिरियो

22 August, 2019 00:45 |खेल | comments | 16950 Views

    भलिबल

    घरेलु मैदानमा पहिलोपटक आयोजना भएको एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा नेपाल बाहिरिएको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल माल्दिभ्ससँग ३–० को सोझो सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

    adsads

    घरेलु कोर्टमा खराब प्रदर्शन गरेको नेपाललाई माल्दिभ्सले २५–२२, २५–२१ र २५–१४ को सेटमा पराजित गर्यो । यो हारसँगै समूह ‘ए’बाट नेपाल जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपालले पाँचौँ स्थानका लागि समूह ‘बी’ को तेस्रो हुने टोलीसँग खेल्नेछ ।

    माल्दिभ्स भने समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सले २ खेलमा २ अङ्क जोड्यो । माल्दिभ्सले अब सेमिफाइनलमा समूह ‘बी’ को विजेता उज्वेकिस्तानसँग खेल्नेछ ।

    यस समूहबाट कीर्गिस्तान २ खेलमा २ जितसहित ४ अङ्क जोडेर समूह विजेताका रुपमा सेमिफाइनल पुगिसकेको छ । पहिलो खेलमा कीर्गिस्तानले नेपाललाई ३-० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई पनि ३-० कै सोझो सेटमा हराएको थियो ।

    पुरुष भलिबल : नेपाल कीर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    भलिबल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!