नेपाल एयरलाइन्सका कर्मचारी सुन सहित प्रकाउ

7 May, 2019 13:10 | पत्रपत्रिका | comments | 19050 Views

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा संलग्न नेपाल एयरलाइन्सका एक जना कर्मचारीलाई प्रहरीले प्रकाउ गरेको छ ।पक्राउ पर्नेमा नेपाल एयरलाइन्सका कर्मचारी सिराहा घर भई हाल काठमाण्डौमा बस्दै आएका रन्जिद कुमार यादव रहेका छन ।

adsads

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार एयरलाइन्सका कर्मचारी रन्जित कुमार यादव सुन तस्करीमा संलग्न रहेका छन । विदेशबाट फर्किएका युवाले ल्याउने सुन उनले धावनमार्गबाटै संकलन गरेर पास गराइदिने गरेको प्रहरीले जनाएको छ । यस कार्यमा संलग्न सिराहाका धर्मेन्द्र यादवलाई समेत प्रहरीले प्रकाउ गरेका छन । यादव दोहामा कार्यरत्त रहेको र उनको माध्यमबाट सुन आएको प्रहरीको भनाई छ ।

दोहाबाट पठाएको पार्सल सुन एयरलाइन्सका कर्मचारीले मोटरसाइकलमा लुकाएर राखेको अवस्थामा बरामद गरेको हो । जहाजबाट उत्रनासाथ एरिभलमा पुग्न अगावै फौनबाट सम्पर्कमा रहेका यादवलाई पार्सलको सुन दिएको प्रहरीले जनाएको छ ।

यादवको साथबाट ३ थान १० तोला दरको सुनको विस्कुट बरामद भएको हो । यादब एयरलाईन्समा विगत १ बर्ष देखि मेन्टेन्स हेन्डरमा कार्यरत थिए । विगतका दिनहरुमा त्रिभुवन बिमानस्थलबाट सुन तस्करी बढ्न थालेपछि प्रहरीले निगरानि बढाएको छ । तर पनि सुन तस्करीमा भने गिरावट आउन सकेको छैन ।

आजको कारोबारमा खबर छ ।

पर्यटकको आवरणमा सुन तस्करी : चार विदेशी महिला तीन किलो सुनसहित पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!