नेपाल एयरलाइन्सको नयाँदिल्ली, मुम्बई र बैंगलोर उडान बन्द

20 March, 2020 18:21 | कर्पोरेट/पर्यटन | comments | 34500 Views

कोरोना संक्रमणका कारण भारतले आफ्नो देशमा सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेसंगै नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले नयाँदिल्ली, मुम्बई र बैंगलोर गरिरहेको उडान रोकेको छ । यो निर्णय तत्कालका लागि एक सातासम्म कायम रहनेछ ।

भारतले २२ तारीखबाट सबै अन्तर्राष्ट्रिय वायुसेवालाई भारतमा प्रवेश रोक्ने निर्णय गरेको थियो । सोही अनुसार नेपाल एयरलाइन्सले भारतीय शहरमा गरिरहेको उडान रोक्ने निर्णय लिएको हो ।

  

भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत्र ९ (मार्च २२,२०२०) गतेदेखि लागु हुने गरी स्थगित गरेको छ । भारतको डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसनले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचना अनुसार ती गन्तव्यको नियमित उडान तत्कालका लागि चैत्र १६ (मार्च २९,२०२०) गतेसम्मका लागि स्थगित गरिएको नेपाल एयरलाइन्सले जनाएको छ ।

चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने भएको छ । यसअघि नेपाल एयरलाइन्सले दिल्ली उडान घटाएको थियो । पछिल्लो निर्णयसँगै निगमका अधिकांश उडान रद्द भएका छन् ।

यसले मूख्य सिजनमै यो कम्पनीले व्यापार गुमाउनु परेको हो । निगमले जापानको नारिता, मलेसियाको क्वालालाम्पुर, थाइल्याण्डको बैंकक, यूएइको दुबई, कतारको दोहामा गर्दै आएको उडान अनिश्चितकालका लागि बन्द गरिसकेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More