नेपाल जापान डाईलग श्रृङखला चौथो संस्करण सम्पन्न: आईटी क्षेत्रमा नेपालमा लगानी र व्यवसायीक संभावनामा जोड

11 June, 2019 10:35 | जापान | comments | 11250 Views

जापानमा रहेका आईटी विज्ञहरुले नेपालमा आईटी क्षेत्रमा लगानीको संभावना धेरै रहेकाले यसका लागि अग्रसर रहन सराेकारवाला निकायमा आग्रह गरेका छन।

शनिबार टोकियो जाईका हलमा भएको नेपाल जापान आईलग श्रृङखला अन्र्तगतको चौथौँ संस्करण अन्र्तगत आईटी क्षेत्रमा नेपालमा लगानी वातावरण र यसको संभावनाका वारेमा विभिन्न विज्ञहरुले कार्यपत्र पेश गरेका थिए।

adsads
समारोहमा टोकियोअन्तराष्ट्रिय विश्वविद्यालयका उपाध्यक्ष डा जय राजाशेकारा, वरिष्ट आईटी अनुसन्धानकर्ता डा यासुनोरी ओवादा तथा एनआईसीटी जापानका अनुसन्धानकर्ता डा वेद काफलेले नेपालमा आईटी क्षेत्रमा संभावना र चुनौती विषयमा आआफनो कार्यपत्र पेश गर्नुभएको थियो। भने नेपालमा आईटी क्षेत्रमा पहुँच तथा संभावना बारेमा मौसम विज्ञान विज्ञ कोजी किनोउची, आईटी प्रोग्रामर ताईसुकी फुकुनो तथा पहिलो नेपाली नानो स्याटेलाईट निमार्ण समुह मध्येका एक आभाष मास्केले आफनो भनाई सहित विशेष प्रस्तुति राख्नु भएको थियो।

समारोहमा सहभागि जापानी तथा नेपाली विज्ञहरुले नेपाल सरकारले विकासका विभिन्न मोडलसंगै आईटी क्षेत्रमा गरेको लगानी तथा त्यसबाट भएको परिवर्तनका बारेमा चासो व्यक्त गर्दै विषय विज्ञहरुको प्रस्तुतिमा आफनो जिज्ञासा राखेका थिए।

ताेसिवा कम्पनीका ईन्जिनियर  डा कुमार बस्नेतले सहजिकरण गर्नुभएको कार्यक्रमको औचित्यका बारेमा प्राध्यापक डा नेत्र प्रकाश भण्डारीले प्रकाश पार्नुभएको थियो। समारोहमा प्रमुख अथिति जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले नेपालमा वर्तमान सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली अभियानका लागि विश्वभरिबाट सवैले साथ र सहयोग गर्ने वेला आएको धारणा राख्नुभयो। यस्तै उहाँले विषय विज्ञहरुले औल्याउनु भएका सवै विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराउने जानकारी गराउनु भएको थियो। समृद्ध नेपाल अभियानको लागि नेपाल सरकारले बिदेशमा रहेका नेपाली विज्ञहरुको अभिलेख संकलन गर्ने कार्य भईरहेकोले राजदूत राणाले सबै जापानबासी नेपाली बिज्ञहरुलाई आफ्नो सूचना दर्ता गराउनुहुन अनुरोध गर्नुभयो।

नेपाल सरकार भूमी व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणी दवाडीको भिडियो सन्देश समेटिएको कार्यक्रममा जापानका केही नयाँ कम्पनीहरुको चिनारी गराईएको थियो भने समारोहको समापन मन्तव्य नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले गर्नुभएको थियो।

समारोहको नेपाल जापान डटकमले फेसबुक मार्फत प्रत्यक्ष प्रशारण गरेको थियो।

प्रत्यक्ष प्रशारण भाग एक भाग दुई

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!