नेपाल जापान सम्वन्ध झल्काउने ‘गुराँस-साकुरा’ एल्वम विमोचित (फोटो फिचर)

27 December, 2016 01:05 |जापान | comments | 157350 Views

    स्थान टोकियो नेरिमा शहरको वडा कार्यालय भवन २० तल्ला, ढाका टोपी र नेपाली पहिरनमा सजिएका नेपालीहरूको पातलो सहभागितामा जापानीहरूको जमघट उल्लेख्य थियो ।

    कार्यक्रम ‘गुराँस-साकुरा’ एल्वम विमोचन समारोहमा लहरै बसेका जापानीहरू चाख मानेर धैर्य थिए ।

    adsads
    सानो उमेरमै गीति एल्वम निकालेर गीनिज बुक अफ वल्ड रेकर्ड राख्न सफल नेपाली गायिका अतिथि गौतमले जापानको राष्ट्रिय गीत गाएर कार्यक्रम सुरू गर्दा हलमा तालिको गडगडाहट फैलियो ।

    नेपाल जापान सम्वन्धको ६० औ वर्ष पुरा भएको अवसर पारेर अतिथिले नेपाली र जापानी भाषामा तयार गरेको गीतहरू समेटिएको एल्वम ‘गुराँस-साकुरा’को गीत गाउदा प्रमुख अतिथि जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल लगायत सहभागिहरूले समेत साथ दिएका थिए ।
    अतिथिको कर्णप्रिय गीतलाई टोकियो नेरिमा वार्डकि गर्भरनर यामाका आकिमीले खुलेर प्रसंसा गरेकि थिईन । सोही समारोहमा ओकिनावाबाट सहभागि जापानीहरूले नेपालको संस्कृतिसंग मेल खाने गीत तथा बाजाहरू प्रर्दशन गरेका थिए।

    जापानीहरूलाई नेपाल जान आग्रह
    जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले जापानीहरूले नेपालमा गएको विनासकारी भूकम्प पछि गरेको सहयोग प्रति आभार व्यक्त गर्नुभएको छ ।
    एल्वम विमोचन समारोहलाई सम्वोधन गर्दै उहाँले सहयोग अनुसारको पुन:निर्माणको काम सुरू भएको समयमा नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो ।

    तपाईहरू नेपाल भ्रमणमा गईदिनु होस र आफुले गरेको सहयोग बापतको काम सुरू भएको वारेमा पनि हेर्नुहोस, कार्यवाहक राजदूत अर्यालले आग्रह गर्नुभयो ।

    नेपाल र जापानवीच कला र संस्कृति लगभग समान भएकाले आपसी एकतालाई रचनात्मक ढंगले अगाडी वढाउनु पर्नेमा जोड दिनुभयो ।

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!