नेपाल टेलिकम र एनसेलका टावरमा आगजनी, कहाँ के भयो ?

1 August, 2019 15:21 | Homepage | comments | 71850 Views

बुधबार राति र बिहीवार बिहान देशका विभिन्न ठाउँमा आगजनीका घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक ठाउँमा नेपाल टेलिकमको टावरमा र अन्य एनसेलका विभिन्न ठाउँका टावरलाई लक्ष्य गरी आगजनी गर्न खोजिएको छ ।

यी विभिन्न् ठाउँमा भईरहेका घटनाहरु सबै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको हो भन्ने प्रहरीले आशंका गरेको छ । यी यस्ता घटनाहरुमा विप्लवकै बढि सक्रिएता हुने भएका कारण प्रहरीले उनीहरुलाई शंका गरेको सहजै बुझ्न सकिन्छ ।

  

अर्घाखाँचीमा नेपाल टेलिकमको टावर टार्गेट
अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका ५ मैदानको अमजामा रहेको नेपाल टेलिकमको टावरमा आगजनी भएको छ । बुधबार राति टावरमा आगजनी भएको प्रहरी चौकी पालिले जनाएको छ। आगलागीबाट टावरमा सामान्य क्षति पुगेको प्रहरीको भनाइ छ ।

नेपालगन्जमा एनसेलका दुई टावरमा आगजनी
बाँकेमा एनसेलका दुई टावरमा आगजनी भएको छ । नेपालगञ्ज– २० मनिकापुर नयाँबस्ती र डुडुवा– ४ मेहमानपुरमा रहेको एनसेलको टावरमा बिहान जुटको बोरामा पेट्रोल छर्केर आगजनी गरेको भेटिएको प्रहरीले जनाएको छ । आगजनीबाट टावरका तारमा क्षति पुगेको छ ।

कैलालीमा पनि एनसेलकै टावर टार्गेट
देशभरका विभिन्न ठाउँमा एनसेलका टावरमा आगजनी भईरहेको छ । बुधबार राति कैलाली जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका र धनगढी उपमहानगर पालिकामा रहेका टावरमा आगजनी भएको छ ।

जानकी गाउँपालिका २ र ४ मा रहेका दुईवटा टावरमा आगजनी गरिएको छ । लम्कीचुहा नगरपालिकाको पूर्वी लम्कीमा रहेको एउटा एनसेल टावरमा समेत आगजनी भएको छ । उता, गोदावरी नगरपालिका–९ मालाखेतीमा पनि एउटा टावरमा आगजनी भएको छ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी–६ मा पनि आगजनी भएको छ । आगजनीबाट टावरका उपकरण जेनेरेटर, कन्टोल बक्स र टावर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

ललितपुरमा बम डिस्पोज
नेपाली सेनाको टोलीले ललितपुरमा आज बिहान बम डिस्पोज गरिएको छ । एक अपरिचित समूहले तारमा आगो लगाएर रातो र कालो तार जडित प्रेसर कुकर बम डिस्पोज गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त बम गएराति नै सो स्थानमा जडान गरिएको थियो ।

सिन्धुपाल्चोकमा एनसेल टावर टार्गेट
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १ भोटेचौरमा रहेको एनसेलको टावरमा आगजनी भएको छ । बुधबार राति अज्ञात समूहले टावरमाथि आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुईवटा टायर र ग्यासको सिलिन्डर बालेर टावरमाथि आगजनी गरिएको छ ।

तनहुँमा एनसेल टावरमा आगजनी, नेटवर्क गायब
तनहुँको घिरिङ गाउँपालिका–३ घुल्मीछापमा रहेको एनसेलको टावरमा आगलागी भएको छ । बुधबार राति १२ बजेतिर अज्ञात समूहले टावरमा आगलागी गरेको प्रहरीको भनाई छ । आगलागीबाट तार जलेपछि टावरको सेवा रोकिएको छ ।

नवलपुरमा पनि एनसेनकै पिछा
पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० मगरकोटमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ । गएराति भएको आगजनीबाट जेनेटर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

आगजनीबाट टावरको तल्लो भागमा क्षति पुगेको छ। आगजनीपछि तत्कालन पुगेको प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।

बेनीमा पनि एनसेलकै टावर
बेनी नगरपालिका २ खबरास्थित एनसेलको टावरमा बुधबार राति आगलागी भएको छ। आगलागीबाट ब्याट्री र जेनेरेटरमा क्षति पुगेको छ ।

एकै रात दर्जन भन्दा बढी एनसेल टावरमा विस्फोट र आगजनी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More