नेपाल डिभिजन थ्री च्याम्पियन

6 May, 2013 10:39 | खेल | comments | 31800 Views

बर्मुडामा आइतबार राति सम्पन्न आईसीसी लिग डिगभिजन थ्री क्रिकेट प्रतियोगिताको उपाधी नेपालले जितेको छ । शनिबार राति इटालीलाई भारी अन्तरले हराएर बर्मुडाको अमेरिकामाथिको विजयसंगै भाग्यले साथ दिएर डिभिजन टु मा उक्लिएको नेपालले अर्को वर्ष विश्वकप छनोट खेल्ने ढोका खोलिसकेको छ ।

 

प्रतियोगिताको उपाधिका लागि भएको खेलमा नेपालले प्रारम्भिक चरणमा भोगेको पराजयको बदला लिंदै बर्मुडालाई ५ विकेटले हराएर उपाधीमाथि कब्जा जमाएको हो ।

  

 

टस जिटेर पहिले व्याटिङ गरेको बर्मुलाले ५० ओभरमा ८ विकेटको क्षतिमा १५१ रनमा समेटिन पुग्यो । नेपाली बलरहरुको कसिलो बलिङका सामु खुलेर खेल्न नसकेका बर्मुडाका व्याटस्म्यानहरुलाई सस्तैमा समेट्ने क्रममा वसन्त रेग्मी र राहुल विश्वकर्माले २–२ तथा कप्तान पारस खड्का, पृथु बास्कोटा तथा शक्ति गौचनले १–१ विकेट लिएका थिए ।

 

जवाफी व्याटिङमा उत्रिएको नेपालले ३९.१ ओभरमा ५ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा ग¥यो । नेपालका लागि सुरुवाति व्याटसम्यान सुभाष खकुरेल ४ रनमा आउट भए पनि प्रदीप ऐरीको ६०, शरद भेषवाकरको ५० र पृथु बास्कोटाको १९ रनको मद्दतले विजयी लक्ष्य सहज रुपमा पूरा गरेको थियो ।

 

यी दुई बाहेक नेपालका अन्य व्याटसम्यानहरु कप्तान पारस खड्का १ रनमा र उपकप्तान ज्ञानेन्द्र मल्ल ५ रनमा आउट भएका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More