पुलिसपुलिस

  • पुलिस
  • पुलिस
  • पुलिस
  • पुलिस
  • पुलिस
  • पुलिस

नेपाल प्रहरीमा ३ हजार ८ सय ३१ जनाको लागि नयाँ भर्ना आव्हान

23 August, 2019 18:21 |जन सरोकार | comments | 11700 Views

    नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ३ हजार ८ सय ३१ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ ।

    नयाँ भर्नामध्ये प्रहरी जवानमा ३ हजार ५ सय ९६ जना र प्रहरी कार्यालय सहयोगी तथा खेलाडीतर्फ २ सय ३५ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।

    adsads

    प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७४ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।

    नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले भदौ ९ गतेदेखि असोज १३ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।

    उक्त भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा समेत राखिएको छ । साथै भर्ना सम्बन्धी थप जानकारी आवश्यक परेमा प्रहरी प्रधान कार्यालय भर्ना तथा छनौट महाशाखाको फोन नम्बर ०१-४४१४९०६ मा सम्पर्क राख्न सकिने सो महाशाखाले जनाएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    पुलिस

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!