नेपाल फेष्टिवल नागोया सम्पूर्ण तयारी पूरा- फेस्टिबल हेर्न विदा लिन थाले जापानीले

13 June, 2019 17:41 |जापान | comments | 36750 Views

    – कविकिरण न्यौपाने/नागोया

    जापानमा नागोयामा पहिलो पटक आयोजना हुन लागेको नेपाल फेष्टिवलको तयारी पुरा भएको आयोजकले बताएका छन् । फेष्टिवलको लागि स्टल व्यवस्थापन, प्रचारप्रसार लगायतका सम्पूर्ण कार्य सम्पन्न भएको मूल समिति संयोजक पारसमणि पोखरेलले जानकारी दिनुभयो ।

    adsads

    यही जुन १५ र १६ (आउँदो शनिवार र आइतवार) नागोयाको मुख्य आकर्षण साकामामा हुने फेष्टिवलमा दुई तल्ले नेपाली बाटुले घर जापानी र नेपाली सबैको लागि आकर्षण हुने बताइएको छ ।

    फेष्टिवलमा विभिन्न प्रकारका नेपाली झाँकीहरु प्रस्तुत गरिने साथै कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ । कार्यक्रममा नेपाली परम्परा अनुसारको विवाह, व्रतबन्ध, नेपाली फेसन तथा पञ्चेवाजा हेर्न सकिने एनआरएनए नागोया संयोजक दिपक कार्कीले बताउनु भयो ।

    संयोजक पोखरेलका अनुसार फेष्टिवललाई जापानी संचारमाध्यमहरुले पनि प्राथमिकताका साथ समाचार सप्रेशण गरेका छन् । विभिन्न माध्यमबाट फेष्टिवलको प्रचारप्रसार व्यापक पारिएको र यसबाट नेपाल भ्रमण वर्ष २०२० का लागि सहयोग हुने फेष्टिवल प्रचारप्रसार समितिका संयोजक एवं पत्रकार भवानी पन्तले बताउनुभयो ।

    फेस्टिबल हेर्न विदा लिन थाले जापानीले
    फेस्टिबलको प्रचार प्रसारमा जापानी संचारमाध्यमहरुले महत् दिएपछि जापानीहरुले चासोपूर्वक समय कुरिरहेका छन् । जापानको कोमाकीसीमा भेटिएकी कोमरी सुकियामाले आफू फेष्टिवल हेर्न जान विदा मिलाई सकेको बताउनु हुन्छ । आफू दुई पटक नेपाल गैसकेको र नेपालको कला संस्कृति प्ति आफूलाई चाख लाग्ने गरेको उहाँको भनाई छ । जापनिजसंगै यहाँ रहेका विदेशी एवं नेपालीहरु फेष्टिवलमा रमाउन आत्तुर छन्।

    नागोया क्षेत्रमा अत्याधिक नेपाली विद्यार्थीहरु रहेको र फेष्टिवल शनिवार र आइतबार विदा परेकोले अत्यधिक विद्यार्थी समावेश हुने बताइएको छ । धेरै विद्यार्थीहरुले फेष्टिवलमा जानका लागि काममा विदा मिलाइसकेका नागोयामा जापनिज कलेज पढ्ने श्याम घिमिरेले बताउनुभयो । त्यस बाहेक नागोया क्षेत्रमा रोजगारी एवं विभिन्न पेशामा अत्याधिक नेपालीहरु रहेका छन् ।

    जुन १५ तारिकका दिन जापानका लागी नेपाली राजदूत प्रतिभा राणाले फेष्टिवलको समुदघाटन गर्नु हुने छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    CIAA

    फेसबुक

    CIAA

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!