नेपाल बैंकद्वारा सातै प्रदेशलाई पाँच/पाँच लाख सहयोग

1 April, 2020 16:44 | कर्पोरेट/पर्यटन | comments | 26250 Views

नेपाल बैंक लिमिटेडले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेश सरकारलाई जनही रु पाँच लाख सहयोग गर्ने भएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कोषमा रु पाँचरपाँच लाख सहयोग गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

  

बैंकले यसअघि कोरोना भाइरसको सम्भावित सङ्क्रमण, रोकथाम र नियन्त्रणका लागि सङ्घीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु एक करोड आर्थिक सहयोग प्रदान गरेका थियो ।

योसँगै कोरोना भाइरस सङ्क्रमण रोकथाममा बैंकको तर्फबाट कूल रु एक करोड ३५ लाख योगदान भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More