नेपाल भ्रमण वर्षको सुरुवातसंगै पुस १२ देखि १६ सम्म पोखरा सडक महोत्सव

4 December, 2019 15:43 | कर्पोरेट/पर्यटन | comments | 15300 Views

विश्वप्रसिद्ध पर्यटकीय नगरी पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि हरेक वर्ष आयोजना हुँदैआएको सडक महोत्सव यस वर्ष नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भसंगै आउँदो पुसमा हुने भएको छ ।

बुधबार आयोजकका तर्फबाट एक पत्रकार सम्मेलन आयोजना गरी पुस १२ देखि १६ गतेसम्म सडक महोत्सव आयोजना गर्ने जानकारी दिइएको हो ।

adsads

पोखरा रेस्टुरेण्ट एण्ड बार एसोसिएशन (रेबान)को आयोजना तथा नेपाल पर्यटन बोर्ड प्रबद्र्धक रहने सडक महोत्सव अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना हुँदैआएको छ । हरेक वर्ष नयाँ व्यवस्थापन र शैलीमा आयोजना हुँदैआएको महोत्सवमा यसपटक सातै प्रदेश र पोखरा सेरोफेरोका संस्कृति आकर्षणको केन्द्र रहने बताइएको छ ।

“सडकमै खाऔं सडकमै रमाऔं” भन्ने नारासहित लेकसाइडको ३ किमि क्षेत्रलाई महोत्सवयले ढाक्नेछ । महोत्सवभर पर्यटकहरु सडकमै खाने, रमाउने, विविध सांगीतिक कार्यक्रममा झुम्ने गर्दछन् । यसै वर्षदेखि नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न महोत्सवले सघाउ पुग्ने आयोजकको विश्वास छ ।

पोखरा सडक महोत्सवकै अवसरमा नेपाल भ्रमण वर्ष २०२० को गण्डकी प्रदेशमा उदघाटन पनि हुनेछ ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ । त्यस्तै ख्यातिप्राप्त कलाकारहरुद्वारा सांगीतिक प्रस्तुति हुनेछ । लाजु लामा, सबिन राई, कर्म ब्याण्ड, अभया एण्ड स्टिम इन्जर्स, लाहुरे, माउण्ड ८८४८ लगायतका समूहको सांगीतिक धमाका महोत्सवभर हुनेछ ।

त्यसै गरी नेपाली लोकदाहोरी कलाकारहरु पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, कृष्ण गुरुंग, बद्री पंगेनी, प्रीति आले, राजन गुरुंग, टीका सानु, सरला पाण्डे, राजु परियार, कमला घिमिरे, पशुपति शर्मा, सम्झना भण्डाी, कुमार पुन, पार्वती जिसीको सहभागिता रहनेछ भने पोखरेली हाँस्य कलाकाहरु पोखरेली माग्ने बुढा, दिवाकर भण्डारीको समूह, मनोज गजुरेल र पुर्खे बाका साथमा आवश्यकता अनुसार कलाकारहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

महोत्सव सफल पार्न रेबान उपाध्यक्ष लक्ष्मण बरालको संयोजकत्वमा कार्यसमिति सदस्य नरेश भट्टराई, वसन्त गौतमको सहसंयोजकत्वमा २२ सदस्यीय महोत्सव व्यवस्थापन समिति । आवश्यक उपसमितिहरु गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

– पोखराबाट रामजी लम्साल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस भ्रातृ संस्था लथालिंग

फेसबुक

कांग्रेस भ्रातृ संस्था लथालिंग

ट्वीटर

सामाजिक सञ्जाल

More