नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा आवश्यक
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा आवश्यक रहेको बताइएको छ । पर्यटन विभाग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले बुधबार आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष–२०२० र पर्यटन सुरक्षामा सरोकारवाला निकायको झूमिका’ विषयक कार्यक्रमका वत्ताले सुरक्षित वातावरण निर्माण भए मात्र पर्यटक आगमन बढ्ने बताएका हुन् ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले प्रहरी एक्लैले पर्यटकको सुरक्षा गर्न नसक्ने भन्दै यसका लागि पर्यटन व्यवसायीको समेत गहन जिम्मेवारी रहेको बताउनुभयो ।


“विश्वका अरु देशको राजधानीभन्दा नेपालको राजधानी काठमाडौँ आपराधिक क्रियाकलाप कम हुने राजधानीमा पर्छ, यो सन्देश विश्वमा लैजानु जरुरी छ”, उहाँले भन्नुभयो । समुदायसँग सहकार्य गरेर शान्तिपूर्ण समाज निर्माण गर्न काठमाडौँ प्रहरी लाग्ने उहाँको भनाइ छ । उहाँले ठमेलभित्र देखिएको विकृति अन्त्यका लागि व्यवसायीसँग छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरीले उत्कृष्ट सेवा प्रदान गरेको बताउँदै आगामी दिनमा पर्यटक प्रहरीलाई थप साधनस्रोत सम्पन्न बनाएर अगाडि लैजानुपर्ने बताउनुभयो ।
उहाँले पर्यटक गाइडले पर्यटकलाई गलत ठाउँमा लगेर पैसा कमाउने खेल गरेको भन्दै यस्ता क्रियाकलापलाई रोक्न पर्यटन विभागले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले पर्यटकको सुरक्षाका लागि सरोकारवाला निकायको सहभागितामा अधिकारसम्पन्न समिति निर्माण गर्नुपर्ने बताउनुभयो ।
ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले इजाजतप्राप्त संस्थाबाट भन्दा पनि पर्यटक आफूखुशी जाँदा पर्यटक हराउने तथा असुरक्षित हुने गरेको बताउनुभयो । कार्यक्रममा विभिन्न पर्यटन क्षेत्रका अध्यक्ष तथा प्रतिनिधिले पर्यटन सुरक्षाका लागि पर्यटक प्रहरीको अधिकार क्षेत्र बढाएर अगाडि बढ्न सुझाव दिएका थिए ।
पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरीले पर्यटनको बारेमा जानकारीमूलक एप्स सञ्चालनका साथै राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा महानगरीय पर्यटन सूचना केन्द्र सञ्चालन गर्न लागेको पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो ।
पर्यटकको सुरक्षाका लागि स्थापना भएको पर्यटक प्रहरीमा सन् २०१८ र ०१९ मा मात्र ५४६ उजुरी परेको पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले जनाएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को ‘सफ्ट लन्चिङ’ आज
तपाईंको प्रतिकृया
ताजा समाचार
- प्रधानमन्त्री सुगा कोरोना भाइरसबिरुद्धको लडाईमा अगुवाई गर्ने, घरभित्रै बस्न आव्हान
- आगलागी- जनधनको क्षति र पर्यावरणीय हिसाबले ठूलो विपत्
- सम्झौता अनुसार उखु किसानले भुक्तानी पाएनन्, तीन उद्योगले मात्र दिए ४७ करोड
- किसानलाई खुसीको खबर- अब पाउने भए परिचयपत्र
- हेल्प नेपालबाट वीर अस्पताललाई ‘हेल्थ डेक्स क्लिनिक’ हस्तान्तरण
- इन्दुशङ्कर उद्योगबाट उखु किसानको २० करोड भुक्तानी
- हस्तिनापुरको कुकूरको कान्तिपुरको यात्रा
- प्राप्त उपलिब्धको रक्षा गर्न फेरि एकजुट भएर सङ्घर्षमा उत्रनुपर्ने
- प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धिमाथि गम्भीर चुनौती : नेपाल
- माघ अन्तिमदेखि सञ्चालनमा आउँदै ‘जनकपुर–जयनगर रेल्वे’
- भारतीय अतिक्रमणको प्रतिकारमा नेपाली
- शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश : राष्ट्रपति भण्डारी
- कोरोना भाइरस संक्रमण- २०२१ झन कठिन हुने, विभिन्न देशमा फरक फरक प्रजाति
- संसद विघटन मुद्दा- प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिर
- सुरक्षा गार्ड जागीर- जिम्मेवारी ठूलो, पारिश्रमिक न्यून
- जस्तो बीउ उस्तै फल- आज गरेको कर्मको नतिजा भोलि पाउनु नै छ
- नेपालमा नयाँ प्रजातिको कोरोना- बेलायतबाट फर्किएका तीनजनामा संक्रमण भेटियो
- अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’ महाभियोग बोकेर फर्किँदै ट्रम्प
- दूषित पानी विक्री गर्ने नेपा मिनेरल वाटरमाथि अदालतमा मुद्दा दायर
- आउँदो असारसम्म सम्पन्न हुने गरी कोटेश्वर–जडीबुटी सडक निर्माण सुरु
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


