नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजनेपाल वायुसेवा निगमको न्यारोबडी जहाज

  • नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज
  • नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज
  • नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज
  • नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज
  • नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज
  • नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज

नेपाल वायुसेवा निगमले भदौँ १२ देखि काठमाडौँ–ओसाका सिधा उडान गर्ने

14 June, 2019 23:15 |कर्पोरेट/पर्यटन , जापान | comments | 37050 Views

    नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज

    नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको ओसाका उडानका लागि व्यावसायिक योजनाका साथ तयारी थालेको छ । आगामी भदौँ १२ गतेदेखि काठमाडौँ–ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले जनशक्ति व्यवस्थापनदेखि व्यापार प्रवद्र्धनका काम अघि बढाएको हो ।

    adsads

    पर्यटकीय यामसँगै महत्वपूर्ण चाडपर्वको समय पारेर निगमले भदौ १२ देखि ओसाका उडानको तयारी गरेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार अगष्टको उडानका लागि टिकट बुकिङ खुलाइएको र अहिलेप्रति उडान ८० भन्दा बढी टिकट बुकिङ भइसकेका छन् । अगष्ट महीनामा उडान गर्दा यात्रु प्रर्याप्त हुने भएकाले निगमलाई राम्रै फाइदा पुग्ने विश्वास लिइएको छ ।

    निगमले यसअघि आगामी असार १९ गतेदेखि ओसाका सिधा उडान गर्ने योजना बनाएको भए पनि यात्रुको सङ्ख्या कमी रहेको भन्दै उडान तालिका परिवर्तन गरी भदौमा सारेको हो । सम्बन्धित ट्राभल एजेन्सीसँग पनि छलफल गरी उनीहरूको सुझावका आधारमा उडान केही पर सारिएको निगमको भनाइ छ ।

    निगमले वाइड बडी ए–३०३० जहाजमार्फत लामो गन्तव्यमा उडान भर्ने योजनाका साथ जापानसहित अन्य गन्तव्यमा पनि प्रक्रियाअघि बढाएको छ । चीन, साउदी अरेबिया, दक्षिण कोरियालगायत गन्तव्यमा उडान भर्नेबारे गरी आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ ।

    निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तरर्राष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।

    काठमाडौँ–ओसाका उडानबारे मन्त्रालय बेखबर : भदौँ १२ देखि उडान गर्ने तयारी

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More