उपराष्ट्रपति नन्दबहादुर पुन उपराष्ट्रपति नन्दबहादुर पुन

  • उपराष्ट्रपति नन्दबहादुर पुन
  • उपराष्ट्रपति नन्दबहादुर पुन
  • उपराष्ट्रपति नन्दबहादुर पुन
  • उपराष्ट्रपति नन्दबहादुर पुन
  • उपराष्ट्रपति नन्दबहादुर पुन
  • उपराष्ट्रपति नन्दबहादुर पुन

नेपाल विश्वकोे धार्मिक आस्थाको केन्द्र : उपराष्ट्रपति पुन

15 May, 2019 11:00 | राजनीति | comments | 8250 Views

उपराष्ट्रपति नन्दबहादुर पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल विश्वकोे धार्मिक आस्थाको केन्द्र भएकोे बताएका छन् । ‘यदुवंशी उत्थान समाज नेपाल’ले हरिपुर नगरपालिका–४ स्थित हरैयामा निर्माण गर्न लागेको कृष्ण मन्दिरको मंगलबार सिलान्याश गर्दै उनले हिन्दू धर्मावलम्बीका लागि आस्थाको केन्द्र जानकी मन्दिर, पशुपतिनाथ र मुक्तिनाथ रहेको छ भने बौद्ध धर्मावलम्बीका लागि शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बनी पनि नेपालमै रहेको बताए ।

adsads

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधिताले भरिपूर्ण भएको मुलुक भएको बताउँदै उपराष्ट्रपति पुनले भने, “संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो अस्थाअनुसारको धर्म अवलम्बन गर्ने स्वतन्त्रता दिएको छ तर कसैले धर्म परिवर्तन गराउन बाध्य पार्न पाउँदैन ।”

धार्मिक सद्भाव, एकता र पारस्परिक हितअनुरुप बलियो राष्ट्रिय एकता आजको आवश्यकता भएको बताउँदै उनले धार्मिकस्थलको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षण गर्नसके आर्थिक समृद्धि ल्याउन सकिने धारणा राखे ।

सो अवसरमा उपराष्ट्रपति पुनलाई आयोजक यदुवंशी उत्थान समाज नेपालले नागरिक अभिनन्दनसमेत गरेको थियो । कार्यक्रममा मिथिला–मधेशको धार्मिक तथा ऐतिहासिक भिझिँया नाच प्रस्तुत गरिएको थियो ।

धार्मिक आस्थाको केन्द्र मदारबाबा मेला

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More