नेपाल सम्बतनेपाल सम्बत

  • नेपाल सम्बत
  • नेपाल सम्बत
  • नेपाल सम्बत
  • नेपाल सम्बत
  • नेपाल सम्बत
  • नेपाल सम्बत

नेपाल सम्बत ११४० को अवसरमा कोलोराडोमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

2 November, 2019 14:49 |प्रबास | comments | 3600 Views

    नेपाल सम्बत

    नातिबाबु भट्ट, कोलोराडो, अमेरिका नेपाल सम्बत ११४० उपलक्ष्यमा कोलोराडो निवासी नेवा: समुदायले आइतबार एक कार्यक्रम आयोजनागरि एक आपसमा भिन्तुना आदान प्रदान गरेका छन् ।

    adsads

    नेवा: ख:ल कोलोराडोले आयोजना गरेको न्हूदया भिन्तुना कार्यक्रममा सहभागी भई उनीहरुले एक आपसमा नयां बर्षको शुभकामना आदान प्रदान गरेका हुन् । बयोबृद्ध तिर्थबहादुर प्रधानबाट पानसमा बत्ती बालेर उद्धाटन गरिएको कार्यक्रममा, नेवाः पुरोहित विरेन्द्र राजोपाध्ययले उपस्थित सबैलाई रातो टीका लगाई शुभकामना र सगुन सहित आर्शिवाद प्रदान गरेका थिए ।

    आयोजक संस्थाका कोषाध्यक्ष संजय शाक्यले संचालन गरेको कार्यक्रममा हेल्पीङ हेण्डका अध्यक्ष तथा समाजसवी नारायण श्रेष्ठ, नेपाली जनसम्पर्क समिती अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, रकि माउन्टेण्ड फ्रेण्डस् अफ नेपलका पूर्व अध्यक्ष शुरेन्द्र श्रेष्ठ, लायन्स ६ नर्थ ईष्टका द्धितिय उपाध्यक्ष जोशन श्रेष्ठ, ६ नर्थ ईष्टका जोन चेयर पर्शन प्रमोद श्रेष्ठ, नेपाली घरका उपाध्यक्ष संजय सिंह, वोर्ड नेवा अर्गनाईजेसन माउन्टेण्ड डिभिजन उपाध्यक्ष भुवन श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिका माउन्टेण्ड रिजन क्षेत्रीय संयोजक भुषणलाल श्रेष्ठ, आयोजक संस्थाका पदाधिकारी , पत्रकार तथा गन्यमान्य ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

    रमिता तुलाधरद्धारा उपस्थित सबैलाई स्वागत गर्दै अगाडी बढाईएको कार्यक्रममा वक्ताहरुले कार्यक्रमको महत्व र यसको इतिहास कोट्याएका थिए । जस अनुसार भक्तपुरका राजा राघब देवलाई उनका ज्योतीषले साईत जुराई काठमाण्डौं स्थित बिष्णुमतीको बालुवा लिएर आएमा सुनमा परिणत हुने सल्लाह दिए । सल्लाह अनुसार राजाले साईत जुराई बालुवा लिन पठाए ।

    काठमाडौँमा ब्यापार गरी बसेका शंखधरले भक्तपुरका मानिसले काठमाण्डौ देखी बालुवा किन लग्दैछन् यसमा पक्कै केही रहस्य हुनुपर्दछ भन्ने सोचेर बालुवा बोक्ने भरियाहरुलाई त्यो बालुवा छोडेर अर्को बालुवा लिएर गए पैसा दिने बताए । पैसा पाउने भएपछि भरियाले बालुवा छोडेर गए नभन्दै ती सबै बालुवा सुनमा परिणत भयो । त्यही सुन बेची शंखधरले सबै नेपालीको ऋण तिरी दिई नेपाल सम्बत चलाएका भन्ने भनाई रहेको छ ।

    कार्यक्रममा हेल्पीङ हेण्डका अध्यक्ष तथा समाजसवी नारायण श्रेष्ठ, शुभकामना मन्तब्य दिंदै नेवा: संस्कृती र परम्परा विशाल रहेको जसले नेपाललाई विश्व माझ चिनाउन सफल भएको धारणा राखे । उनले बोल्डर र काठमाण्डौ सिष्टर सिटी भईसके पछि, आफू बोल्डरमा नेवाः संस्कृती, कला झल्कने एक भवन निर्माणको अभियानमा लागेकोले यस अभियान सफलपार्न सबैको सहयोग आवश्यक रहेको बताए ।

    कार्यक्रममा कलाकार मनोज तुलाधर, शुरेश श्रेष्ठले नेवारी गीत गाएका थिए, भने रमिता तुलाधर, संगिता बैध्य लगाएतका कलाकारहरुले नेवारी संगीतमा नृत्य प्रदर्शन गरि मनोरञ्जन प्रदान गरेका थिए ।

    नेपाल सम्बत

    नेवा: खःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको अन्तमा सभापती श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद दिंदै नेवारी सांस्कृती जोगाईराख्न, तथा अमेरिकामा जन्मेहुर्केका बालबालिकाहरुलाई नेवारी सांस्कृति पहिचान गराउन हरेक बर्ष यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको बताएका थिए ।

    अमेरिकामा नेपाल सम्बत ११३८ को अवसरमा ‘महको म’पुस्तक विमोचित

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नेपाल सम्बत

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    नोरीयो सुकिताते

    फेसबुक

    नोरीयो सुकिताते

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!