नेवानिले दिने भो ७० वर्ष कटेकालाई हवाई भाडामा ५० प्रतिशत छुट

18 September, 2019 15:12 |कर्पोरेट/पर्यटन | comments | 6750 Views

    पर्यटन मन्त्री योगेश भट्टराईको एक वर्षे कार्ययोजनामा जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेपछि यसको शुरुवात सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमबाट भएको छ । एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

    adsads

    निगमका सहप्रवक्ता सुलेख मिश्रले नेपाल एयरलाइन्सले असोज १ गते बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको जानकारी दिनुभएको हो । छुट बुधबारबाटै कार्यान्वयनमा आउने भएको छ ।

    यसैबीच निगमले दशैंका लागि अग्रिम बुकिङसमेत खुलाएको छ । अब निगमको आन्तरिक उडानमा यात्रुहरुले अग्रिम बुकिङ गरी टिकट लिन सक्ने भएका छन् । अधिकतम जहाजको उपयोग गरी दशैंमा यात्रुलाई सेवा दिने उद्देश्य रहेको निगमको भनाइ छ ।

    पर्यटन क्षेत्रमा देखिँदैछन् सुधारका सङ्केत

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!