नेवा: अन्तर्राष्ट्रिय फोरम जापान नेवा: अन्तर्राष्ट्रिय फोरम जापान

  • नेवा: अन्तर्राष्ट्रिय फोरम जापान
  • नेवा: अन्तर्राष्ट्रिय फोरम जापान
  • नेवा: अन्तर्राष्ट्रिय फोरम जापान
  • नेवा: अन्तर्राष्ट्रिय फोरम जापान
  • नेवा: अन्तर्राष्ट्रिय फोरम जापान
  • नेवा: अन्तर्राष्ट्रिय फोरम जापान

नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले २५६३ औं बुद्ध जयन्ती आयोजना गर्दै

10 May, 2019 13:50 | जापान | comments | 21450 Views

नेवा: अन्तर्राष्ट्रिय फोरम जापान

नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्ष झैँ यो वर्ष पनि बुद्ध जयन्ती समारोह आयोजना गर्दैछ । मे २५ तारिख शनिवारको दिन टोकियो हाचिओउजीमा अवस्थित “जिन्तोउईन (禅東院)बिहारमा”गरिने २५६३ औं बुद्ध जयन्ती समारोहमा सम्पूर्ण जापानवासी नेपालीहरूलाई भाग लिन हुन आयोजकले हार्दिक अनुरोध गरेका छन्।

adsads

उक्त समारोहमा शान्ति दूत बुद्ध, बुद्धको जन्मस्थल लुम्बिनी र बुद्ध ज्ञान सम्बन्धि चर्चा गरी, पूजाको पनि आयोजना गरिने छ । जापानमा मनोरञ्जनात्मक कार्यक्रम धेरै हुन्छन् तर, यस्तो आध्यात्मिक कार्यक्रम धेरै कम हुने गरेको पाईन्छ । बुद्ध जयन्ती बौद्ध धर्मालम्वीले मात्र नभई हरेक नेपालीले मनाउनुपर्ने कर्तव्य हो । अझ विदेशमा त विशेष किसिमले मनाउनुपर्छ भन्ने यस संस्थाको धारणा छ, कारण शान्तिको दूत बुद्ध हाम्रो देशको पहिचान पनि हो ।

विदेशमा नेपालको र नेपालीको परिचय दिँदा बुद्धको जन्म स्थल भएको देश हो , बुद्धको जन्म स्थल भएको देशवासी हौं भन्छौं । वास्तवमा बुद्ध जयन्ती यो संस्था त्यो संस्थाले आयोजना गर्ने नभईकन सबैलाई समेटेर नेपाल राजदूतावासले गर्नुपर्ने हो तर बिडम्बना जुन बुद्धको जन्म स्थल लुम्बिनीको परिचय दिँदै देशमा लाखौं पर्यटन भित्रयाउछु भन्ने सरकारी निकाय यसमा उदासिन देखिन्छ ।

तर पनि कसैले त गर्नुपर्यो भन्ने हेतुले यस संस्थाले आफ्नो स्थापना वर्ष सन् २००३ देखि निरन्तर आयोजना गर्दै आएको छ ।

कार्यक्रमको थप विवरण –
कार्यक्रम हुने : मिति: २०१९ मे २५ तारिख शनिवार
समय: बिहान १०:०० बजे – १५:०० बजे सम्म स्थान: “जिन्तोउईन बिहारमा (禅東院)”
ठेगाना : 17-19 Honcho Hachioji टोकियो
(JR Hachioji स्टेशन बाट पैदल १० मिनेट / Keio Hachioji स्टेशन बाट पैदल १३ मिनेट )
दिवा भोज शुल्क : १,००० येन
कार्यक्रम सम्बन्धी कुनै जानकारी लिन परेमा सम्पर्क नं : ०८०-६५५५-६६६७/०८०-७९६५-३३११/०७०-१२११-१५०२/०९०-३९६०-७०५९

बुद्ध जयन्ती मनाउँदै नेवाः अन्तर्राष्ट्रिय फाेरम जापान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेवा: अन्तर्राष्ट्रिय फोरम जापान

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!