नेवा पुच: पोर्चुगलको स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न

29 August, 2016 10:37 | प्रबास | comments | 140400 Views

newa puchनेवा पुच: पोर्चुगलको स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेवा पुच: पोर्चुगलले नया आगन्तुक नेवारी परिवारका सदस्यहरु तथा पोर्चुगलमै जन्मिएका नेवारी बालबच्चाहरुको चिनजानका लागि स्वागत तथा भेटघाटको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो ।

adsads

२७ अगष्ट २०१६ को साँझ एभेष्ट रेस्टुरेन्ट आन्जोसको हलमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व नेवा पुच: पोर्चुगलका अध्यक्ष श्री कुमार प्रजापतिले गरेका थिए ।

महासचिव खेमनाथ श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रममा अतिथिहरु एन आर एन पोर्चुगलका उपाध्यक्ष सुनिल संगम, एन आरएन पोर्चुगलका कोषध्यक्ष तथा नेवा पुच: पोर्चुगलका सल्लाहकार रुपक श्रेष्ठ, नेवा पुच: पोर्चुगलका बरिष्ठ उपाध्यक्ष सुनिता मानन्धर, उपाध्यक्ष बिशाल श्रेष्ठ लगायले आ-आफ्नो मन्तब्यहरु राखेका थिए भने नया आगन्तुकहरुलाई संस्थाका अध्यक्ष प्रजापतिले टिका लगाएर स्वागत गरेका थिए ।

पोर्चुगल आइपुगेका नया आगन्तुकहरुको परिचय तथा स्वागतका साथ पारिवारीक रात्रिभोजको पनि व्यवस्था गरिएको उक्त कार्यक्रम नितान्त नौलो भएको हुँदा सानासाना नानीबाबु देखि उपस्थित सबैमा नया उत्साह तथा खुशी देखिन्थ्यो ।

योग कीर्तिमानी मोक्तान साउथ अस्ट्रेलियाका मन्त्रीद्वारा सम्मानित –

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!