नेविसंघलाई ‘नेपाल बृद्ध संघ’ बनाउने चेष्टा- आमरण अनशनको चेतावनी

23 October, 2019 17:25 | राजनीति | comments | 7800 Views

नेपाल विद्यार्थी संघको एउटा पक्षले नेपाली कांग्रेस नेतृत्वबाट लोकतान्त्रिक मूल्य र मान्यतालाई ध्वस्त पारी विधानविपरित नेविसंघलाई वृद्धहरुको संगठन बनाउन खोजेको भन्दै यसको बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । संघको विधानमा व्यवस्था भएको ३२ वर्ष उमेर हद कार्यान्वयन गरी नेविसंघ तदर्थ समिति गठन गर्नुपर्ने उनीहरुको माग छ ।

adsads

विधानअनुसार तदर्थ समिति गठन नभए नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपामा आमरण अनशन सुरु गर्ने पनि उनीहरुको चेतावनी छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले विधानविपरित पार्टी नेतृत्वबाट नेविसंघलाई बृद्ध संघ बनाउने चेष्टा गर्नु लोकतन्त्रको उपहास भएको आरोप लगाएका छन् । कार्यक्रममा नेविसंघका निवर्तमान केन्द्रिय सदस्य नवराज त्रिपाठीले विधानबमोजिम नै नेविसंघ तदर्थ समिति आउनुपर्ने आफूहरुको मुख्य माग रहेको सुनाउँदै अहिले ५० कटेकालाई नेविसंघमा ल्याउने चेष्टा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो हाम्रो पार्टीका सभापति शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री बन्दा ४९ वर्षको हुनुहुन्थ्यो, तर अहिले नेविसंघको तदर्थ समितिको नेतृत्व ५० वर्ष नाघेको व्यक्ति बनाउन खोज्नु गलत हो । आफ्नै विधान मिचेर बन्ने केन्द्रिय समितिले साधारण सदस्य कुन नैतिकताका आधारमा बाँड्न सक्छ भन्दै प्रश्न गर्नुभयो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति सचिव योगेन्द्र रावलले नेविसंघलाई नेपाल बृद्ध संघ बनाउने कुरा आफूहरुलार्इ अमान्य रहेको चेतावनी दिंदै नेविसंघलाई नेपाल बृद्ध संघ बनाउने कुरा कक्षाकोठाका विद्यार्थीहरुको लागि स्विकार्य नहसने र यो उर्जाशील विद्यार्थीहरुमाथिको अपमान हो भन्नुभयो ।

कार्यक्रममा जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन सम्पन्न गर्नका लागि नेपाली कांग्रेस पार्टीद्वारा गठित निर्देशन समितिले बनाएको विधान, निवर्तमान केन्द्रिय समितिद्वारा जिल्ला अधिवेशन सम्पन्न गर्नको निम्ति ७७ वटै जिल्लाहरुमा दिएको निर्देशन पत्र र नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ को भाग २, धारा ५ को उपधारा ५ मा भएको ‘३२ वर्ष उमेर पूरा भएको व्यक्ति नेपाल विद्यार्थी संघको सदस्य हुन पाउने छैन’ भन्ने व्यवस्था बमोजिम १६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको, ४० जिल्लामा तल्लो तहको अधिवेशन सम्पन्न भैसकेको र बाँकी २१ जिल्ला अधिवेशनउन्मुख रहेको वर्तमान परिप्रेक्ष्यमा नेपाली कांग्रेस नेतृत्वबाट नेपाल विद्यार्थी संघलाई नेपाल बृद्ध संघ बनाउने चेष्टा गर्नु लोकतन्त्रको उपहास हो भन्ने ठहर गरेका छौं ।’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More