नोबेल मेडिकल कलेज नोबेल मेडिकल कलेज

  • नोबेल मेडिकल कलेज
  • नोबेल मेडिकल कलेज
  • नोबेल मेडिकल कलेज
  • नोबेल मेडिकल कलेज
  • नोबेल मेडिकल कलेज
  • नोबेल मेडिकल कलेज

नोबेल अस्पतालको लापरवाहीले डाक्टरकै मृत्यु

23 May, 2019 11:15 | जन सरोकार | comments | 21900 Views

नोबेल मेडिकल कलेज

डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएका घटना अनेक सुनेका हामीहरुका लागि अस्पतालको लापरबाहीले डाक्टरकै मृत्यु भएको खबर सुनेका थिएनौं । तर बिराटनगरको नोबोल अस्पतालमाा आफैं गाडी चलाएर उपचार गर्न पुगेका एक डाक्टरको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको छ ।

adsads

नेपाल समाचारपत्र दैनिकमा छापिएको समाचार अनुसार आफैं सवारी चलाएर आफ्नो उपचारका लागि नोबेल अस्पताल पुगेका डाक्टर जीवित फर्कन सकेनन् । पूर्व क्षेत्रकै चर्चित वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विमल अग्रवालको अस्पतालको चरम लापरबाहीका कारण मंगलबार निधन भयो ।

डाक्टर अग्रवाल विराटनगरस्थित कोसी अञ्चल अस्पताल कार्यरत थिए । बैशाख २३ गते देब्रे छातीमा सामान्य समस्या देखिएपछि अग्रवाल नोबेल अस्पताल गएका थिए । चिकित्सकको सल्लाहबमोजिम सामान्य उपचार गराएर उनी फर्किए ।

भोलिपल्ट फेरि श्रीमतीका साथ अस्पताल गए । उनको एन्जिओग्राफी गरिएपछि स्वास्थ्यमा असामान्य अवस्था देखियो । उपचारको क्रममा उनको मस्तिष्कघात भयो ।

एन्जिओग्राफी गरेपश्चात स्वास्थ्यमा देखिएको असामान्य अवस्थालाई गम्भीररुपमा नलिँदा उहाँको असामयिक निधन भएको भन्दै आफन्त रुष्ट बनेका छन् ।

अब उपचारमा लापरवाही गर्ने डाक्टरलाई पाँच वर्षदेखि जन्मकैदसम्म हुनसक्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नोबेल मेडिकल कलेज

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!