नोभेम्बरमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९ हुने

10 September, 2019 21:53 | कला/मनोरन्जन , कलिउड | comments | 12150 Views

जापानमा बस्ने नेपालीहरुले स्थापना गरेको संस्था सूर्य कर्पोरेसन लिमिटेडले नेपाली फिल्मको राम्रो गन्तव्य बन्ने गरेको जापानको टोक्योमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ को घोषणा गरेको छ ।

यसअघि ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’ सम्पन्न गरिसकेको कम्पनीले यतिबेला दोस्रो शृंखलाको घोषणा राजधानीमा गरेको छ ।

ads ads
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अवार्ड आयोजक कम्पनी सूर्य कर्पोरेशन लिमिटेडका अध्यक्ष वासुदेव लामिछानेले दोस्रो शृंखला आउँदो नोभेम्बरमा हुने घोषणा गरेका हुन् ।

अभिनय, गायन, नृत्य र हास्यविधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने उनले बताए । घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका आध्यक्ष केशव भट्टराई, चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले, अभिनेता भुवन केसी, अभिनेत्री गौरी मल्ल, गायक रामकृष्ण ढकाल, अभिनेत्री श्वेता खड्का, गायक हेमन्त शर्मा, अभिनेत्री सरिता लामिछाने, निर्देशक ऋषि लामिछाने, गायक कमल खत्री, अभिनेता प्रशान्त ताम्राकार, गायक युवराज चौलागाईं, गायिका मिलन अमात्य र एञ्जिला रेग्मी, गायक हेमन मोक्तान , निर्माता अमृत घोले लामा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम आउँदो नोभेम्बर २४ मा टोकियोमा अवार्ड हुने जानकारी गराइयो । यसपटक ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । केही दिनमा नोमिनेशन सार्वजनिक गरिनेछ र नोमिनेशनलाई परेकालाई आयोजककै व्यस्थापनमा टोकियो लगिने कार्यक्रममा जानकारी गराइयो ।

अवार्ड अगाडी साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिने छ । जसमा स्थानीय मिडियाकर्मीसंगको भेटघाट, फिल्म र पर्यटन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरु रहनेछन् । नेपाली फिल्मी क्षेत्रलाई नै फाइदा पुर्याउने उद्देश्यले अवार्ड आयोजना गर्न लगिएको हो । अवार्डमा गत वर्ष अर्थात २०७५ साल बैशाख १ देखि चैत्र ३० गतेसम्म सार्वजनिक भएका फिल्म तथा गीत–संगीतले सहभागिता जनाउन पाउनेछन् ।

नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुने अवार्ड समारोहमा दुई दशक लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, एक दशक लामो फिल्मीयात्रा तय गरेकालाई फिल्मकर्मी सम्मान, एक पत्रकारलाई फिल्मपत्रकारिता सम्मान पनि प्रदान गरिनेछ ।

परेका आवेदनको आधारमा छनौट समितिले टप ३ को नोमिनेशन सार्वजनिक गर्नेछ । कार्यक्रमको अफिसियलएमसीको रुपमा नरेश भट्टराई रहेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More