एनआरएनए ओसियाना क्षेत्रीय बैठक सम्पन्न एनआरएनए ओसियाना क्षेत्रीय बैठक सम्पन्न

  • एनआरएनए ओसियाना क्षेत्रीय बैठक सम्पन्न
  • एनआरएनए ओसियाना क्षेत्रीय बैठक सम्पन्न
  • एनआरएनए ओसियाना क्षेत्रीय बैठक सम्पन्न
  • एनआरएनए ओसियाना क्षेत्रीय बैठक सम्पन्न
  • एनआरएनए ओसियाना क्षेत्रीय बैठक सम्पन्न
  • एनआरएनए ओसियाना क्षेत्रीय बैठक सम्पन्न

नौं बूँदे सिड्नी घोषणापत्र जारी गर्दै एनआरएनए ओसिनिया क्षेत्रीय बैठक सम्पन्न (पूर्ण पाठसहित)

13 May, 2019 11:55 | एन आर एन न्युज | comments | 13500 Views

एनआरएनए ओसियाना क्षेत्रीय बैठक सम्पन्न

गैर आवासीय नेपाली संघ तेस्रो ओसिनिया क्षेत्रीय बैठक मे ११ र १२ का दिन अस्ट्रेलियाको सिड्नीमा नेपाल सरकारका न्याय, कानुन तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालको प्रमुख अतिथ्यता र अस्ट्रेलियन सरकारका केद्रिय अद्यागमन मन्त्री डेभिड कोलमनको विशेष उपस्तिथिमा सम्पन्न भयो । १४ राष्ट्रका ३०० भन्दा बढीको सहभागितामा भएको बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री केसी, सह कोषाध्यक्ष सोम सापकोटा लगायत बिदेशी प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।

adsads

‘सम्मेलन ‘समृद्ध नेपालको लागि एनआरएन सदैव र सबैको लागि’ भन्ने मूल नारामाथि आधारित रहेको थियो ।‘इन्भेस्टमेन्ट, इनोभेसन र टुरिजम’ भन्ने विषयमा केन्द्रित हुने सम्मेलनमा यस क्षेत्रका बुद्धिजिबिले कार्यपत्रहरु पेश गरेको र त्यसमाथि ब्यापक बौद्धिक तथा ब्यबहारिक बहस भइरहेको आयोजक समितिका संयोजक तथा एनआरएन ओसेनिया संयोजक धर्मराज अधिकारीले बताए ।

सम्मेलनमा क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारी, अस्ट्रेलियामा क्रियाशील डा राजु अधिकारि, डा कुश श्रेष्ठ, डा कृष्ण हमाललगाएतले विभिन्न बिषयमा कार्यपत्र पेश गरेका थिए । सम्मेलनका निष्कर्षहरू नेपालको विकास निमार्णका लागि निकै उपयोगी रहेको संयोजक अधिकारीले बताए ।

घोषणापत्रको पूर्ण पाठ :

१.गैर आवासीय नेपालीहरुको सामूहिक लगानीलाई नेपालको समृद्धिमा सहयोग पुग्ने गरी परिचालन गर्न स्थापितहुने सामुहिकलगानी फण्ड, जलविद्युत , लगायतका परियोजनाहरुमा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने प्रतिबद्धता यो बैठक गर्दछ ।

२.नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई सफल बनाउन गैरआवासीय नेपाली संघले अघि सारेको ‘नेपाल प्रवर्द्धन बर्ष २०१९’ अभियानलाई बिभिन्न प्रवर्द्धनातमक कार्यक्रम संचालन गरि भ्रमण वर्ष २०२०लाई सफल बनाउने निर्णय गरियो ।

३.महिला शशक्तिकरण अभियानको थालनी र महिला उध्यमसिलतालाई प्रोत्साहन दिन कार्ययोजना अगाडी बढाउने निर्णय गरियो । स्वदेश तथा विदेशमा हुने घरेलु हिंसा विरुद्ध जन चेतना अभियान संचालन गर्दै गैरआवासीय नेपाली अभियानको मुलधारमा महिला सहभागिताको सुनिश्चितता गराउने निर्णय गरियो ।

४.गैरआवासीय नेपाली संघले नलेज सिटि र एकेडमी(Knowledge City and Academy)को प्रस्तावलाई आत्मसाथ गरि कार्यान्यन गर्न प्रमुख भूमिका खेल्ने र विदेशमा रहेका नेपाली ज्ञाताहरुको सिप, ज्ञान र प्रबिधीलाई नेपालको बिकाशमा लगानी गर्ने वातावारण बनाउने निर्णय गरियो ।

५.नेपाल र अस्ट्रेलिया बीचमा आपसी सहयोग सद्भावलाई कायम राख्न असिमेड फाउन्डेशन र नेपाल साइन्स फाउन्डेशन एनआरएनए (AussieMed Foundation Australia and Nepal Science Foundation, NRNA)बीचमा सहकार्य गर्ने निर्णय गर्दै आपसी सम्झौतामा हस्ताक्षर सम्पन्नभयो ।

६.ओसेनिया क्षेत्रमा बसोबास गर्ने युवा तथा दोस्रो पुस्तालाई गैर आवासीय नेपाली अभियानको मूलधारमा समाहित गर्न उनीहरुका निम्ति उपयोगी र आकर्षण गर्न सकिने कार्यक्रमहरु तय हुनु पर्ने महसुस गरि आगामी दिनमा यस तर्फ विशेष ध्यान दिनुका साथै यस क्षेत्रका गैर अवासीय नेपाली बालबालिकालाई नेपाली भाषा सस्कार संस्कृति सिकाउने कार्यक्रमहरु तय गर्ने निर्णय गरियो ।

७.आवश्यक कानून निर्माण गरी तत्काल गैरआवासीय नेपाली नागरीकता वितरण गर्न र नागरिकता प्राप्त व्यक्तिले अन्य सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरिको सम्पूर्ण व्यवस्था ऐनमै गर्न यो बैठक सम्बन्धित निकायलाई अनुरोध गर्दछ ।

८.अस्ट्रेलियन सरकार तथा राजनीतिक दलहरुको नेपाली समाजसंग सहयोग र सहकार्य गर्ने प्रतिवद्धता को यो बैठक स्वागत गर्दछ ।

९.यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, अस्ट्रेलिया सरकार, अस्ट्रेलिया स्थित नेपाली दूतावास, सम्पूर्ण एनसिसिहरु आयोजक राष्ट्र अस्ट्रेलिया र प्रायोजकहरु स्वमसेवी पत्रकार, कलाकार सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

ओसिनियामा एनआरएनएकाे क्षेत्रीय सम्मेलन सुरू (फाेटाे फिचर)

 

 

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
एनआरएनए ओसियाना क्षेत्रीय बैठक सम्पन्न

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सरकार–विप्लव अनौपचारिक संवादमा

फेसबुक

सरकार–विप्लव अनौपचारिक संवादमा

ट्वीटर

सामाजिक सञ्जाल

More