न्युजर्सीमा गोली हानाहान : प्रहरी अधिकारीसहित छजनाको मृत्यु

11 December, 2019 12:34 | विश्व समाचार | comments | 29100 Views

अमेरिकाको न्युजर्सी शहरमा प्रहरी र हतियारधारीबीच गोली हानाहान हुँदा एक प्रहरी अधिकृतसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुने प्रहरीमा ३९ वर्षीय जोसेफ सिल्स रहेका छन् जो १३ वर्षदेखि जर्सी शहरको प्रहरी सेवामा थिए ।

जर्सी शरहको ग्रीनभिल इलाकामा प्रहरी र हतियारधारीबीच करिब एक घण्टासम्म गोली हानाहान भएको हो । गोली चलाउने व्यक्ति को हो र किन गोली चलायो भन्ने नखुलेको बीबीसीले जनाएको छ । तर अधिकारीहरुले भने यो आतंकवादी आक्रमण हुनसक्ने बताएका छन् ।स्थानीयबासीका अनुसार गोलीबारीको सुरुआत एक पसलबाट भएको थियो, जहाँ दुई संदिग्ध व्यक्ति लुकेका थिए ।

  

जर्सी प्रहरीका प्रमुख माइक केलीले भनेका छन् जोसेफले सडकलाई हतियार मुक्त बनाउन अहम् भूमिका खेलेका थिए ।

केलीका अनुसार स्थानीय समयअनुसार मध्याह्न १२ बजेतिर एक्कासी गोली चल्न थाल्यो । त्यसपछि जोसेफले ती बन्दुकधारीलाई पक्रने कोसिस गरेका थिए, त्यहीबेला उनी मारिए । दुई जना संदिग्ध व्यक्तिले गोली चलाएका थिए । जोसेफको हत्यापछि ती दुवै ट्रकमा चढेर भागे र नजिकैको एक सुपरमार्केटमा लुके । उनीहरुले सुपरमार्केटभित्रबाट पनि प्रहरीमाथि गोली चलाइरहे । उनीहरुले पसलभित्रका तीन जना व्यक्तिको पनि हत्या गरे ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More