युएनए सम्मेलन युएनए सम्मेलन

  • युएनए सम्मेलन
  • युएनए सम्मेलन
  • युएनए सम्मेलन
  • युएनए सम्मेलन
  • युएनए सम्मेलन

न्यूयोर्कमा हुने युएनए सम्मेलनको तयारी भब्य

3 March, 2019 20:45 | प्रबास | comments | 37650 Views

युएनए सम्मेलनविजय थापा,डिसी – युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )को सम्मेलन मेमोरियल डे (स्मारक दिवस )को सप्ताहमा अमेरिकाको न्यू योर्क शहरमा मार्च २५ र २६ तारिकका दिन आयाेजना हुने भएको छ । चौथो न्यूयोर्कमा हुने युएनए सम्मेलनको भब्य तयारी भै रहेको आयोजकले जानकारी दिएका छन् ।

गत बर्ष टेक्सस राज्यको ड्यालसमा सफलता पूर्वक सम्पन्न उक्त सम्मेलन यस पटक विश्वकै सम्राट राज्य न्यूयोर्कमा हुन् लागेको हो । युएनए संस्था गैर राजनैतिक, गैर धार्मिक, जातिय वा क्षेत्रीय सोंचबाट मुक्त रहेको गैर मुनाफा सामाजिक संस्था हो ।केही समय अगाडी न्यू योर्कमा सम्मेलन बारे पत्रकार सम्मेलनको आयोजना गरेको थियो भने यस महान सम्मेलनमा सवै समुदायलाई सहभागिताको लागि आव्हान तथा अनुरोध गरेको छ ।

आयोजकहरु तयारीमा जुटेका छन् भने युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) ले चाैथाे सम्मेलनकाे प्रतिक चिन्ह (लाेगाे) सार्वजनीक गरेका छन् । सम्मेलनको आयोजना अधिकांश युवाहरुको काँधमा जिम्मेबार प्रदान गरिएको छ । उनीहरुमा अद्भुत शक्ति ,आँट ,जोश र जाँगर हुने भएकोले उनीहरुको काँधमा जिम्मवारी गत बर्ष दिएको जस्तै दिइएको छ ।

  

सम्मेलनमा बहस कार्यक्रम ,साहित्य ,बालबालिकाका कार्यक्रम ,बिभिन्न मंचका कार्यक्रम ,खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना हुने छ ।सम्मेलनलाई सफल बनाउन न्यू योर्कका स्थानीय संघ/संस्था संग सहकार्य गरिने आयोजकले जानकारी दिएका छन् । पत्रकार सम्मेलन मार्फत सम्मेलनमा गैर आवासीय सम्मलेनमा अस्ट्रेलियाका अर्बपति तथा एनआरएनका निवर्तमान अध्यक्ष शेष घले ,एनआरएन अध्यक्ष भवन भट्ट लगायतलाई निम्तो दिइएको आयोजकले जानाकारी दिएका छन् ।

गत बर्ष एनआरएन का निवर्तमान अध्यक्ष शेष घले तथा जमुना घले ले समेत टेक्सस ड्यालसमा सहभागिता जनाउनु भएको थियो । आयोजक संस्थाका क्षेत्रीय संयोजक एवं उपसभापति पवन योञ्जनले नेपाली समुदाय सबैलाई सहभागिताको लागि आब्हान गरेका छन् । सम्मेलनमा युवा लक्षित मार्सल आर्ट (युद्ध कला ) समेत प्रदर्शन हुनेछ ।

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )का संस्थापक टेक्सस का सफल व्यवसायी पासांग लामा हुन् ।

टेक्सस युएनए सम्मेलनको लागि शेष घले तथा जमुना घले आउने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
युएनए सम्मेलन

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More