बसन्त चौधरीबसन्त चौधरी

  • बसन्त चौधरी
  • बसन्त चौधरी
  • बसन्त चौधरी
  • बसन्त चौधरी
  • बसन्त चौधरी
  • बसन्त चौधरी

न्यू योर्कमा बसन्त चौधरीको विश्व काव्य यात्रा सम्पन्न

14 September, 2019 15:30 |Homepage | comments | 3150 Views

    आयोजकद्वारा चौधरी अभिनन्दित

    बसन्त चौधरी

    विजय थापा, वाशिंगटन डिसी । न्यू योर्कमा वरिष्ठ कवि तथा गीतकार वसन्त चौधरीको विश्व काव्य यात्रा दोश्रो शृंखला अन्तर्गत न्यू योर्क श्रृङखला एक भब्य समारोहबीच सफलतापूर्वक सम्पन्न भएको छ ।

    adsads

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास )न्यू योर्क शाखाले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व शाखा अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि न्युयोर्क राज्यका सिनेटर जोन सी लिउ ,कार्यक्रमका विशेष अतिथि मुख्य आकर्षक बसन्त चौधरी र अनेसास बोर्ड अफ ट्रस्टिजका अध्यक्ष गीता खत्री विशेष अतिथिका रूपमा उपस्थित रहनु भएको थियो ।

    कार्यक्रमको शुभारम्भ विशेष अतिथि कवि बसन्त चौधरीका हातबाट पानसमा बत्ती बालेर गरिएको थियो। कार्यक्रमको शुरुवात लोकप्रिय कलाकारद्वय सपना श्री र संगीता छोचुंले नेपाली राष्ट्रिय गान र प्रतिभावान सानी कलाकार अर्मानी महर्जनले अमेरिकन राष्ट्रिय गान गाएर गरिएको थियो। स्वागत मन्तव्यका लागि आउनु भएका कार्यक्रम सभापति राजेन्द्र श्रेष्ठले सबै उपस्थित अतिथिहरुलाई स्वागत गर्नुका साथ साथै ९ /११ को दिनमा परेको कार्यक्रममा समस्त अमेरिका र विश्वका निम्ति कालो दिनको सम्झना दिलाउँदै केहि क्षण मौन धारण गर्न आह्वान गर्नु भयो।

    बसन्त चौधरी

    उद्योगपति तथा समाजसेवीका रुपमा देश तथा विदेशमा सुपरिचित बसन्त चौधरीले अनेक कालजयी गीतहरु नेपाली संगीत जगतलाई प्रदान गरेर तथा नेपाली तथा हिन्दि भाषामा आफ्ना कविता संग्रह प्रकाशित गरेर एक कुशल गीतकार र कबिका रुपमा पनि आफ्नो विशिष्ट पहिचान बनाउनु भएको छ।

    कार्यक्रममा उहाले लगभग एक घण्टा एकल कविता बाचन शैलीमा आफ्ना पूर्व प्रकाशित र प्रकाशोन्मुख कबिता, गीत/गजल र मुक्तक बाचन गरेर सबैको मन जित्नु भएको थियो। नेपाली भाषा मात्र नभएर उहाँले हिन्दि तथा अंग्रेजी कविता/गीतहरु मार्फत उपस्थित विदेशी अतिथिहरुलाई पनि उत्तिकै हर्षित बनाउनु भएको थियो। नेपाली,बिदेशी भाषा साहित्य प्रेमी दर्शकहरुले सभा कक्ष खचाखच भरिएको थियो । मिठो स्वरका धनि चौधरी संगै दर्शक हरुले पनि गजल गाएर झुमेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि,विशेष अतिथि र स्वयं श्रस्टा द्वारा चौधरीको नया कविता संग्रह “बसन्त”को लोकार्पण पनि गरिएको थियो। सो पुस्तक नेपाली भाषामा मात्र नभएर हिन्दी, मैथली, मारवाडी, नेपालभाषा, बंगाली, अंग्रेजी आदि गरि ९ भाषामा प्रकाशित गर्नु भएको छ जुन नेपाली साहित्यमा एउटा इतिहासनै बनेको छ। सोहि अवसर मा न्युयोर्क बासी नेपालीको तर्फबाट उहाँलाई अभिनन्दन गरिएको थियो । प्रमुख अतिथि जोन सी लिउ र विशेष अतिथि गीता खत्रीले अभिनन्दन पत्र र सभापति राजेन्द्र श्रेष्ठ ले दोसल्ला र पुष्प गुच्छा अर्पण गर्नु भएको थियो ।

    उक्त अभिनन्दन पत्रमा लेखिएको कार्यक्रमकी उद्घोषक शकुन ज्ञवालीले पढेर सुनाउनु भएको थियो । सोहि अवसरमा न्यू योर्क शहरको तर्फबाट बसन्त चौधरीले नेपाली साहित्य र काब्य जगतलाई विश्व काब्य शृंखला मार्फत संसार भरी नेपाललाई चिनाउनुका साथै नेपाली कला साहित्यमा उहाँले पुर्याउनु भएको योगदानको कदर गर्दै प्रमुख अतिथि जोन सी लिउ ले साईटेसन (प्रशंसात्मक उल्लेख) प्रदान गर्नु भएको थियो ।

    अभिनन्दित व्यक्तित्व बसन्त चौधरीले कार्यक्रमका प्रमुख अतिथि र अनेसास न्यू योर्क च्याप्टरलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।लेखक स्वयंले आफ्नो नयाँ कृति “बसन्त”को नौवटै भाषाको किताबहरु प्रदान गर्नु भएको थियो। अत्यन्तै उल्लासमय वातावरणमा कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा लेखकले अनेसास न्यु योर्क शाखालाई विशेष धन्यवाद दिंदै यस काब्य यात्रामा सहयोग गर्ने सबै र उपस्थित श्रोता तथा सहभागी साहित्यप्रेमीहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो।

    विशेष अतिथि गीता खत्री ले बसन्त चौधरीलाई बधाई दिनुका साथै उहाँको विश्व काब्य यात्राको अन्तिम शृंखला पनि न्युयोर्क मै गर्ने घोषणा गर्दै आफनो मन्तब्य राख्नु भएको थियो ।

    बसन्त चौधरी

    कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति राजेन्द्र श्रेष्ठ र समाज सेवी सोमनाथ घिमिरेले उपस्थित सम्पूर्ण पाहुनाहरुलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो। कार्यक्रमको उद्घोषक अनेसास न्यू योर्क शाखाका उपाधक्ष्य शकुन ज्ञवालीले कुशलतापूर्वक गर्नु भएको थियो ।

    तस्बिर :हाम्रो फोटो डटकम

    वसन्त चौधरी विश्व काव्य यात्रा जापानमा हुदै

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    बसन्त चौधरी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!