पत्रकारिता जगत नयाँ ढङ्गबाट चल्नुपर्छ : मुख्यमन्त्री राई

15 August, 2019 23:10 |प्रदेश , प्रदेश १ | comments | 15600 Views

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको पत्रकारिता जगत मुलुकको परिवर्तित सन्दर्भमा नयाँ सोचका साथ चल्नुपर्ने धारणा राख्नुभएको छ । उदयपुरमा बिहिबार आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) प्रदेश नं १ को पहिलो प्रदेश पत्रकार भेलामा उहाँले पत्रकार जगतले देश विकासको लागि परिवर्तित सन्दर्भमा नयाँ सोच र नविन कार्यका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

    adsads

    मुख्य मन्त्री राईले भन्नुभयो, “सकारात्मक सोचसँगै सकारात्मक समाचार लेखनसाथ अगाडि बढ्न सकेमा तीनै तहका सरकार र राजनीतिक पार्टीको लागि पनि पत्रकार प्रेरणाको स्रोत हुनेछन् ।”

    प्रदेशसभा सदस्य नारायण वुर्जा, सन्जाकुमारी दनुवार, फोनिजका केन्द्रीय अध्यक्ष दण्ड गुरुङ, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीलेसमेत सो कार्यक्रममा पत्रकारिता क्षेत्रको विकासका बारेमा आआफनो धारणा राख्नुभएको थियो । भेलाले प्रदेश नं १ को नयाँ कार्य समितिसमेत चयन गर्नेछ ।

    ‘भाइरस लागेको पत्रकारितालाई तह लगाउन विधेयक’

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!